Jun 29, 2010

कास्की, अषाढ १५ - एउटी युवती चञ्चले पारामा नाचिरहेकी थिइन् । पोखराबाट २५ किलोमिटर पर स्याङ्जाको भालु पहाडमा यस्ता दृश्य देखिइरहँदा गुडिरहेका सवारीका झ्यालबाट टाउकाहरू निक्लिरहेका थिए । दिनहुँ सयौं सवारी गुड्ने पृथ्वी राजमार्गमा पर्ने रमणीय क्षेत्रमा दिनेश राउत निर्देशित 'आई एम सरी' को छायांकन भइरहेको थियो । दर्जनौं म्युजिक भिडियोमा देखिइसकेकी केकी अधिकारी आफूलाई ठूलो पर्दाका लागि दोस्रो पटक...

Jun 28, 2010

काठमाडौ, अषाढ १४ - अर्जेन्टिना र जर्मनी विश्वकप फुटबलको क्वाटर फाइनामा भिड्ने भएका छन् । अर्जेन्टिनाले मेक्सिको र जर्मनीले इंग्लैण्डलाई पराजित गरेर अन्तिम ८ मा प्रवेश गरेका हुन् । आइतबार राति भएको खेलमा म्यारोडेनाको टोली अर्जेन्टिनाले मेक्सिकोलाई ३-१ ले पराजित गर्‍यो । अर्जेन्टिनाले लगातार चौथो जित हासिल गरेको हो । जितका लागि टेभेजले २ र गोन्जालो विगिङले १ गोल गरे । टेभेजले खेलको २६ र ७२...

May 7, 2010

झापा, वैशाख २४ - भूटानी शरणार्थीको वेलडागी-१ स्थित सेक्टर- १ शिविरमा आगलागी हुँदा शुक्रबार ३५ घर जलेर नष्ट भएको छ । त्यसैगरी आगो नियन्त्रण गर्ने क्रममा थप ३५ घर भत्काइएको छ । साँझ साँढे ६ बजे सुरु भएको आगलागी नियन्त्रणका लागि दमक नगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल, शरणार्थी र स्थानीयबासी मिलेर  आगोलाई नियन्त्रणमा लिने कोशिस गरिरहेका छन्...
काठमाडौ, वैशाख २४ - निर्देशक मदन घिमिरे आफू निर्देशित फिल्म 'दोस्ती' को मोफसलमा प्रमोसन गरेर भर्खरै फर्केका थिए र उनले तत्काल 'स्वाभिमान' फिल्मको सुटिङमा व्यस्त हुनुपथ्र्यो । तर बिहीबार उनी साथीभाइसितको जमघटमा थिए, घरभन्दा बाहिर । 'बन्दले पार्नु मार पार्‍यो नि' उनले भने, 'चलिरहेको फिल्म रोकियो, नयाँ योजनाहरू स्थगित भए ।' माओवादीले आमहडताल सुरु गर्नुभन्दा अघिल्लिो दिन उनी आफ्नै निर्देशन रहेको ...

Apr 21, 2010

हङकङ,, वैशाख ७ - सात समुद्रपारि रहेपनि हङकङेली नेपाली, गायिका अन्जु पन्तका सुमधुर स्वरबारे बेखबर रहेनछन् । काउलुन पार्क पियाजामा आइतबार सँझ आयोजित सांगीतिक कार्यक्रममा उनलाई सुन्न एकत्रित भिड पुष्टिका लागि काफी थियो । आतुर माहौलका बीच उनी करिब दुईघण्टा ढिलो मात्र देखापरिन् । 'म तिमीविना मरिहाल्छु....' स्टेजमा चढ्दाचढदै उनले विना ट्रयाक एकलाइन भाकाहालिन् । भीड्ले परर.... ताली पिटे । 'यहँाहरु...
काठमाडौ, वैशाख ८ - निर्देशक मणी रत्नमको पछिल्लो फिल्म 'रावण' का रावण बनेका अभिषेकले सीता बनेकी ऐश्वर्याको अपहरण गरेका छन् । तर, यो अपहरण फिल्मको दृश्यका लागि नभई तेस्रो 'म्यारिज एनिभर्सरी' मनाउन गरेका हुन् । रत्नमको फिल्म 'गुरु' मा सँगै काम गरेलगत्तै अनस्क्रिन  पार्टनरबाट रियल लाइफ पार्टनर बनेका अभि-ऐशले २००७ को अपि्रलमा विवाह गरेका थिए । तीन वर्षे वैवाहिक जीवनको खुशियाली मनाउन नायक अभिशेकले...

Apr 19, 2010

नेपालको चर्चित एफ एम कान्तिपुरमा हरेक बुधबार बिहान १० बजे प्रशारण हुने फिल्मी कार्यक्रम 'बाइस्कोप' मार्फत नायिका रेखा थापाले आफू अहिले सम्म अबिबाहित रहेको बताएकी छिन् । रंगकर्मी बिजय 'आवाज' को साथमा आउने सो कार्यक्रम मार्फत रेखाले आफूले अहिलेसम्म बिबाह नगरेको बताईन् । कार्यक्रममा बैशाख महिनाको रेड कार्पेटमा परेकी नायिका रेखाले आफू अबिबाहित भएको मात्र भनिनन् कि उनले अहिले आफ्नो व्याईफ्रेण्डको...
काठमाडौ, वैशाख ६ -  राजधानीमा जारी इन्डियन फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार बिहान भृकुटीमण्डपस्थित पर्यटन बोर्ड हलमा दर्शक खचाखच थिए, फिल्म हेर्न होइन, नेपाल-भारतका चलचित्रकर्मीको अनुभव सुन्न । स्टेजमा थिए, अलगधारको भारतीय फिल्म निर्देशनमा पहिचान बनाएका गोविन्द निहलानी, अभिनेत्री नन्दिता दास, प्रोफेसर सोहिनी घोससँगै नेपाली मेगास्टार राजेश हमाल ।   'चर्चाकै लागि हो भने म...

Apr 11, 2010

विराटनगर, चैत्र २९ - फरक केही गर्ने अभ्यासले उनलाई एउटा 'आइडिया' फुरायो । शनिवार विराटनगरमा आफ्नो नयाँ म्युजिक भिडियो सञ्चारकर्मीमाझ सार्वजनिक गरेका कलाकार श्रीकृष्ण लुइँटेलले भने 'यसको ड्रेस र मेकअप मिलाउनमात्रै तीन दिन लाग्यो । 'ए बा , किन्देउन भटभटे' बोलको गीतबाट चर्चा पाएका पूर्वेली युवा गायक लुइँटेलले यसपटक आफ्नो गीत 'म आधा केटा आधा केटी' भन्नेमा म्युजिक भिडियो बनाएका छन् । इटहरीको तालतलैयामा...

Apr 7, 2010

हिन्दी सिनेमाकी नेपाली अभिनेत्री मनीषा कोइरालाले आफूभन्दा सात वर्ष कान्छो युवालाई श्रीमान् बनाउने भएकी छिन् । ४० टेकेकी मनीषाले ३३ वर्षीय सम्राट दाहालसँग आगामी ५ असारमा बिहे गर्दै छिन् ।स्थानीय विकास मन्त्रालयले खोलेको ठेक्काको विषयमा पत्रकारहरूसँग केही दिनअगाडि कुरा गर्दै सम्राट आफैंले भनेका थिए, ‘म त भर्खर ३३ वर्षको भएँ ।’ उता उनकी जोडी मनीषाले पनि आफू ४० वर्ष भएको बताइसकेकी छिन् ...

Apr 6, 2010

भूटानी शरणार्थीले घर फिर्तीको माग राख्दै भूटानमा हुन लागेको सार्क शिखर सम्मेलनमा ज्ञापनपत्र बुझाउने भएका छन् । झापा र मोरङका सातवटै शिविरमा मत संकलन गरी स्वदेश फिर्ती माग सार्क सम्मेलनसम्म पुर्याउन लागिएको हो । रिले मार्च कार्यक्रमका संयोजक बादल थापाको नेतृत्वमा शिविरहरुमा स्वदेश फिर्तीको मत संकलन गरी गर्न सुरु गरिएको छ । भूटानी प्रजातान्त्रिक मोर्चाले पनि स्वदेश फिर्तीको लागि सार्कमा दबाव सृजना गर्न लविङ सुरु गरिएको बताउनु भयो । पुनर्वास कार्यक्रम शुरु भएसँगै स्वदेश फिर्ती पक्षधरहरुको...

Apr 2, 2010

काठमाडौ, चैत्र १९ - मस्त निदाइरहेका बेला बुधबार बिहान सवा तीन बजे मोबाइलमा रिङ बज्यो । आँखा मिच्दै उठेर डिस्प्लेमा हेर्दा नायक भुवन केसीको कल रहेछ । 'हेलो' भन्नासाथ भुवनको उही ठूलो स्वर सुनियो, 'राजा, अबको आधा घन्टापछि हामी टुँडिखेलको योग शिविर जाँदै छौं ।' भुवनलाई पछ्याउँदै बाहिर निस्कँदा एकाबिहानैको सडक सुनसान थियो । रातो रङको किया स्पोर्टेज गाडी ड्राइभिङ गरिरहेका थिए भुवन । उनको बायाँपट्टि...
० चैत, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले संविधान निर्माण र शान्ति प्रक्रियाले पूर्णता नपाएसम्म राजिनामा नदिने बताउनुभएको छ । कुनै दलले सरकार गठनका लागि स्पष्ट बहुमत पुर्‍याए आफू सरकार छोड्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । रिपोर्टस क्लबको नेतृत्वमा शुक्रबार विहान बालुवाटार पुगेको पत्रकारहरुको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘संविधान लेखन र शान्तिप्रक्रियाको...
अर्काको घरमा आगो लगाउने दुइजना भुटानी शरणार्थीलाई झापाको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरवाट आज प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा वेलडाँगी एक वस्ने दावा तामाङ र रविन राई रहेका छन् । दुवै जनाले गत १८ गते सोही शिविरका दल वहादुर मगरको घरमा आगो लगाएका थिए । यसरी लगाइएको आगो अन्य शरणार्थीले तत्काल देखेपछि नियन्त्रणमा लिएका थिए, जसका कारण शिविरमा ठूलो क्षति हुन पाएको थिएन । आगो नियन्त्रण गर्ने व्यक्तिहरूलाइ आगो लगाउने व्यक्तिहरूले कार्वाही गर्ने धम्की दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा...

Apr 1, 2010

प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयदेखि नेपालमा रहेका भुटानी शरणार्थीको आफ्नो देश र्फकन पाउने अधिकारलाई उनीहरुको मानवअधिकारका रुपमा बुझिदिन भुटानसँग आग्रह गरेका छन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३ औ पुण्यतिथिमा सहभागी हुन काठमाडौ आएका भुटानी समकक्षी जिग्मे वाङचुक थिन्लेसँग बिहीबार भएको भेटमा उनले शरणार्थीहरुलाई तेश्रो मुलुकमा पुर्नस्थापना गरेर समस्या...
हालसम्म पुनर्वास गइसकेका बाहेक नेपालको झापा र मोरङमा रहेका सात शिविरका शरणार्थीहरुलाई आगामी दुइ महिनाभित्रमा अमेरिकाले लगिसक्ने भएको छ । अमेरिका वाहेक अन्य देशका लागि प्रकृयामा रहेका शरणार्थीहरुलाई अमेरिकाले ती देशहरुमा दुइ महिनाभित्रमा लगि सक्नु पर्ने, यदि नसक्ने भएमा अमेरिकालाई जानकारी दिन सात दिनको समयसीमा तोकिदिएको छ । जुन शरणार्थीहरुलाई अन्य देशहरुले २ महिनामा उडाउन सक्दैनन् उनीहरुको प्रकृया...

Mar 31, 2010

नेपालकै चर्चित डनको रुपमा चिनिएका दिपक मनाङेले आफुले पदको लागि नभएर आफ्नो समुदायको अस्तित्वको लागि राजनीतिमा लागेका बताएका छन् । मनाङे केही दिनअघि मात्र लक्ष्मण थारुले नेतृत्व गरेको संघिय लोकत्रान्तिक राष्ट्रिय मञ्चमा प्रबेश गरेका हुन् । संगठनकै कामका शिलशिलामा मंगलबार उर्लाबारी आईपुगेका मनाङेले पत्रकारहरुसँग कुरा गर्ने क्रममा भने - म जहिले पनि अन्यायको लागि लडिरहेको छु र अब त्यो लडाईलाई संस्थागत बनाएको मात्रै हो । मिडियाहरुले आफुलाई डनको रुपमा चर्चामा ल्याएपनि आफु त्यस्तो कुनै डन नभएर अरु जस्तै...
१८ चैत, काठमाण्डौ । प्रमुख तीन राजनीतिक दलले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याई जेठ १४ गतेभित्र नै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संयुक्त वक्तव्य जारी गर्दै जेठ १४ गतेभित्र नै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । केही दिनयता धर्म निरपेक्षता सङ्घीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धिकाविरुद्ध सुनियोजितरुपमा भइरहेका शृङ्खलाबद्ध प्रहारप्रति गम्भीर...
पुनरवास भएर अमेरिका पुगेका भुटानी शरणार्थीले भुटानमा रहेका आफ्ना आफन्तलाई पठाएको पैसा भुटानी अधिकारीहरुले नै जफत गरेका छन् । दक्षिण भुटानको सर्भाङ जिल्ला गेलेफुका पाँच भुटानी परिवारलाई अमेरिका पुनर्वास भएका आफन्तले पठाएको पैसा बैंकबाटै जफत गरिएको हो । अमेरिका पुनर्वास भएका शरणार्थीले पठाएको पैसा बैंकमा आएपछि बैंकका कर्मचारीले प्रहरीलाई खवर गरिदिएका थिए । भुटान प्रहरीले ती पाँच परिवारलाई पैसा लिन पाउँदैनौ भनेको दक्षिण भुटानको घुमफिरबाट भर्खरै फर्किएका बेलडाँगी ३ शरणार्थी शिविरका एक शरणार्थीले...

Mar 30, 2010

पहिला खुबै मिल्ने नायिका रेखा थापा र नायक विराज भट्टबीच पछिल्लो चरणमा विवाद चर्कंदै गएको छ। उनीहरूबीच विवाद बढ्नुमा 'म के कम ?' भन्ने भावना कारक तत्त्व बनेको छ। विराज आफू केही फिल्मबाट निकालिनुमा रेखा नै दोषी देख्छन् भने रेखाचाहिँ आफूले स्थापित गरेको मान्छेले आफ्नैविरुद्ध कुरा काट्दै हिँडेको र अव्यावसायिक बेहोरा देखाएकाले रुष्ट भएको बताउँछिन्। नायिका रेखाले अर्का नायक निखिल उप्रेतीसँग मनमुटाव भएपछि आफ्नो फिल्म हिम्मतमा विराजलाई नायक लिएकी थिइन्। हिम्मतपछि नै हो विराज नायकका रूपमा...

Mar 29, 2010

रिले मार्च सुरु गर्ने तीन जना स्वदेश फिर्ती अभियानमा लागेका भुटानी शरणार्थीहरुलाई सोमवार मोरङको शनिश्चरे शिबिरवाट प्रहरीले नियन्त्रणमा लिएको छ । शिविरवाट रिले मास टु भुटान अभियानमा निस्कने क्रममा सो अभियानका संयोजक वादल थापा, धन वहादुर रुम्दाली र तारा थापालाई त्यहाँ शिविर सुरक्षार्थ स्थापना गरिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रण लिएका शरणार्थी सवै शनिश्चरे शिविरका रहेको स्रोतले जनाएको छ । उनीहरुलाई मार्च रिलेमा निस्कनु अगाडी विहान आठ तीस वजे नियन्त्रणमा लिएको...

Mar 26, 2010

अर्काको नामबाट एस एल सी परीक्षा दिइरहेका दुइ शरणार्थी विद्यार्थी पक्राउ परेका छन् । बेलडाँगी ३ शरणार्थी शिविरको त्रिरत्न मा.वि. परीक्षा केन्द्रबाट सागर सुजीको नामबाट परीक्षा दिइरहेका प्रल्हाद सुव्वा र तिलक सुव्वाको नाममा परीक्षा दिइरहेका तारानाथ घिमिरे आज पक्राउ परेका हुन् । अर्काको नाममा परीक्षा दिनेसहित चारै जना विद्यार्थी बेलडाँगी ३ शरणार्थी शिविरका हुन् । यसैविच हिजो शुरु भएको एस एल सी परीक्षामा झापा र मोरङमा रहेका सातै शिविरका गरि १३३० विद्यार्थी सहभागी भएका छन् । एस एल सी परीक्षा दिन फर्म...

Mar 23, 2010

रामचन्द्र अधिकारी, सुरवीर पण्डित र विष्णुभक्त फुँयाललाई पर्दामा नदेखेका नेपाली कला पारखी कमै होलान्। सधैँ दुखियाको भूमिकामा देखिएर पनि सञ्चारमाध्यमको चासोमा नपर्नु यी तीन कलाकारको समानता हो। पहिला कुरा गरौं रामचन्द्रको। रामचन्द्रले अभिनय गरेका २०० चलचित्रमध्ये धेरैमा पीडितको भूमिकामा छन्। निर्माता/निर्देशकहरू कथामा आपतमा परेको गरिब पात्र आयो कि रामचन्द्रलाई सम्झ्न्छन्। भन्छन्, “एक सयभन्दा बढी त...

Mar 20, 2010

विगत लामो समय देखि अस्वस्थ रहनु भएका नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको दुखान्त निधन भएको छ ।उहाँको ८७ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा आज मृत्यु भएको हो । व्रोङकाइटिस र निमोनिया रोगवाट ग्रसित कोइराला लामो समय देखी विरामी हुनुहुन्थ्यो । सन १९२५ मा जन्मनु भएका कोइराला प्रजातन्त्रको आन्दोलनमा दाजु विश्वेश्वर प्रसाद कोइराला संगै सहभागी हुनु...

Mar 19, 2010

युरोपमा भएका भुटानी शरणार्थीले जेनेभामा भएको मानवाधिकार परिषदको तेह्रौं बैठकका अवसरमा शरणार्थी समस्याका बारेमा बैठक स्थलबाहिर खवरदारी गरेका छन् । भुटानी एडभोकेसी फोरम युरोपको अगुवाइमा वैठक स्थलबाहिर खवरदारी सभा भएको थियो । हिजो भएका खवरदारीका सहभागिहरुले शरणार्थी फिर्तिका बारे कदम चाल्न र भुटानी नागरिक माथिको हिंसा रोक्न भुटानसँग माग गरेका छन् । आफूहरुमाथिको हिंसाले परिस्थिति थप जटिल हुने पनि उनीहरुले चेतावनी पनि दिएका फोरमका मुख्य संयोजक दुर्गा गिरीले निकालेको विज्ञप्तिमा जनाइएको छ । संयुक्त...
सुख्खा यामसँगै शरणार्थी शिविरहरुमा हुनसक्ने आगलागिका घटनाप्रति सजग हुन आग्रह गर्दै गोलधाप र बेलडाँगी एक शिविरमा र्‍याली र सभा गरिएको छ । विहान १० बजेतिर गोलधाप शिविरमा निस्किएको र्‍यालीले सलाई, लाइटर जस्ता आगो निस्किने बस्तु बालवालिकाले नभेट्ने ठाउँमा राख्न र आगोको हिफाजतपूर्ण प्रयोग गर्न आह्वान गर्दै शिविर परिक्रममा गरेको थियो । र्‍यालीपछि भएको सभामा गोलधाप शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव पूर्ण बहादुर गुरुङ, युवा मैत्री केन्द्र गोलधापका संयोजक सागर तिम्सिनालगायतले आगलागिबाट होसियार...
संयुक्त राष्ट्र संघको महासभा बैठकमा आफ्ना समस्याको विषयमा लविङ गर्न भुटानी शरणार्थीको चार सदस्यीय टोली जेनेभा पुगेको छ । भुटान एडभोकेसी फोरम युरोप च्याप्टरको चार सदस्यीय टोली आज जेनेभा पुगेको हो । आज शुरु हुने महासभा बैठकमा शरणार्थी मुद्दा उठाउन त्यहाँ पुगेका फोरमका सदस्य दुर्गा गिरीले भुटानमा हुने गरेको मानव अधिकार हनन र शरणार्थी घर फिर्तीको विषयमा राष्ट्र संघको जेनेभा कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी रहेको बताउनु भयो । तीन दिन पहिले भुटानी शरणार्थीको स्वदेश फिर्ती पक्षधर एउटा समूहले...

Mar 13, 2010

पूर्वी नेपालमा दुइ दशकदेखि शरण लिइरहेका भुटानीलाई बेलायतले पनि पुनर्वासमा लैजाने भएको छ । स्रोतका अनुसार आगामी साता आउने टोलीले शरणार्थीको अन्तरबार्ता लिनेछ । अन्य देशका लागि फारम भरेर अस्वीकृत गरिएका र शिविरमा जनगणनाका वेला छुटेका शरणार्थी वेलायत जानेमा पर्ने सम्भावना बढि रहेको जनाइएको छ ।छुटेकाको जनगणना दुइ साताअघि युएनएचसीआर र सरकारको संयुक्त टोलीले गरेको थियो । राष्ट्रसंघीय नियोगका अनुसार झापा र मोरङका सात शिविरका १ लाख ७ हजार मध्ये ८३ हजारले पुनर्वासको इच्छा राखेका छन्...

Mar 12, 2010

नेपाल विद्युत प्राधिकरणले आज देखि दैनिक १२ घण्टा लोडसेडिङ गरेको छ जसले गर्दा आजदेखि आधा दिन अध्यारोमा विताउन ग्राहकहरु वाध्य भएका छन । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो । प्राधिकरणले आज र्सार्वजनिक गरेको सूचनामा थप एक घण्टा बिना सूचना विद्युत आपूति थप घट हुनसक्ने पनि जनाएको छ । भोटेकोशी आयोजनामा प्राविधिक खराबी आएकोले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरण श्रोतले जनाएको छ । भोटेकोशी आयोजनाले कम्तिमा १५ दिन विद्युत उत्पादन गर्न नसक्ने बताएको...
पुनवासका कारण विद्यार्थी र शिक्षकहरुको संख्या दिनानुदिन घट्न थालेपछि भुटानी शरणार्थी शिविरहरुमा संचालित विद्यालय समायोजन गर्न शुरु गरिएको छ । शरणार्थीको शैक्षिक कार्यक्रममा सहयोग गर्दै आएको कारितास नेपालले विद्यालय समायोजन गर्ने प्रकृया शुरु भएको जनाएको हो । दमक फिल्ड कार्यालयले आज गरेको पत्रकार...
१ शरणार्थी र स्थानिय युवाबीच गएराति भएको झगडामा दुइ शरणार्थी युबक सिकिस्त भएका छन् । टाउकामा खुकुरीको चोट लागेका बेलडाँगी २ शरणार्थी शिबिर सेक्टर एच एक छाप्रो नम्बर ४३का ३४ बर्षीीय नन्दलाल सुब्बा र सेक्टर एच चार छाप्रो नम्बर ५१का तेजकुमार राईको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको दमक प्रहरीले बताएको छ । राति ८ बजेतिर शिबिर छेउको हम्सेदुम्से सामुदायिक बन क्षेत्रभित्र भएको झगडामा ती दुइ शरणार्थी युवालाई खुकुरी हानी भागेको भनिएका दमक ५ का रञ्जित सुब्बा र मिलन सुब्बाको खोजी भइरहेको...

Mar 11, 2010

तेस्रो मुलुक पुनर्वासअन्तरगत अमेरीका पुगेका एक जना भुटानी शरणार्थीको रोगको उपचारमा सहयोग गर्नका लागि दाताहरुलाई दवाव दिन उनका दाइले विआरआरआरसीका अध्यक्ष डा. भम्पा राईसमक्ष अनुरोध गरेका छन् भने डा. राईले उक्त अनुरोध पत्रसाथै राखी युएनएचसीआरलाई उनको उपचारमा सहयोग पुर्याउन आग्रह गर्दै एक पत्र लेखेका छन् । झापाको वेलडाँगी २ शरणार्थी शिविर, सेक्टर ए ४, छाप्रा नम्वर ३३ बाट अमेरिकाको टेक्सस राज्य अन्तरगत हव्सन पुगेका डिल्लीराम विश्वाको क्यान्सर रोगको उपचारका लागि बेलडाँगी शरणार्थी शिविरमै रहेका उनका...
भुटानी शरणार्थी नेताहरुले शरणार्थी शिविरको विग्रदो सुरक्षास्थितिप्रति नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । शरणार्थी नेता टेकनाथ रिजाल, बलराम पौडेल, डिपि काफ्ले र लोकनाथ बस्नेत सहितको टोलीले शरणार्थी शिविरमा बढ्दो हत्याका घटनाकाबारे झापाका प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठलाई हिजो भेटेर ध्यान आकर्षण गराएको हो । भेटघाटपछि प्रजिअ श्रेष्ठले शरणार्थी शिविरका समस्या केन्द्रिय स्तरसम्मै पुर्याएर सुरक्षा व्यवस्थामा सुधार ल्याउने र शरणार्थीका मामिलामा सम्वेदनशील भएर काम गर्ने प्रतिवद्धता व्यक्त...

Mar 10, 2010

निर्धारित मितिभित्र संविधान जारी भएन भने के हुन्छ भन्ने प्रश्न अहिले ज्यादै जटिल बनेको छ। नेतृत्व असक्षम भए, उनीहरूले जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्दैछन्, सँगसँगै संविधानसभा पनि जिम्मेवार छैन भन्ने सन्देश गएकाले बौद्धिक वर्गले यस्तो प्रश्न उठाएका हुन्। संविधानसभामा योग्य र उपयुक्त व्यक्ति पुगेनन्, हावा र हचुवा तथा उत्तेजनाको भरमा आक्रोश र कुण्ठालाई पुष्टि गर्ने व्यक्तिहरूको मञ्चका रूपमा संविधानसभा खडा गरियो। ल्याकतभन्दा निम्सरा व्यक्तिहरू त्यहाँ पुगे भन्ने आवाज पनि आएको छ। त्यसैले संविधानसभाका...

Mar 8, 2010

तेश्रो मुलुक पुनर्स्थापनाको कार्यक्रम शुरु भएपछि तेश्रो देश गएकाहरूको मात्र होइन, नेपालकै शिविरहरुमा रहेका पनि अधिकाँश भुटानी शरणार्थीहरुको जीवनस्तर उकालो लागेको छ, यो सत्य हो । शिविरका आसपासमा रहेका दर्जनौं मनि ट्रान्सफरका काउन्टरहरु, अनि हिजो र आजमा शरणार्थीहरुका जीवनशैलीमा देखिएको अन्तरले पनि यो कुरालाई पुष्टि गर्छ । तर त्यहि शिविरमा अझै दिनरात शारीरिक श्रम नगरी खान नपुग्ने पनि छन् । अझ यी वेलडाँगी १, सेक्टर इ ३, छाप्रो नं २१७ कि यी हरिमाया काफ्ले जो आँखा देख्न सक्दिनन्, यिनले गरेको परिश्रम...
अन्तर्राष्ट्रिय महिला दिवस आज सातै भुटानी शरणार्थी शिविरहरूमा विभिन्न कार्यक्रम गरि मनाइयो । यस क्रममा भुटानी शरणार्थी शिविर वेलडाँगीका महिलाहरूले महिला अधिकार नै मानव अधिकार हो भन्दै विभिन्न नाराका साथ शिविर परिक्रम गरि महिला मञ्चको खुल्ला प्रांगणमा कोण सभा गरेका थिए ।नारीका प्रत्यक्ष तथा अप्रत्यक्ष पिडाहरुलाई सम्बोधन गर्ने उद्देश्यले भूटान मिडिया सोसाइटी र भुटानी महिला मञ्चको संयुक्त आयोजनमा (बेलडाँगी...

Mar 7, 2010

झापाको गोलधापस्थित भुटानी शरणार्थी शिविर यस बर्षको अन्त्य सम्ममा खाली गरिने छ ।स्रोतका अनुसार २००९ को अन्त्यमा सो शिविरका भुटानीहरुलाई स्थान्तरण गरिन लागेको छ । पुनबार्समा शरणार्थीहरु जान थालेपछि शिविरका अधिकाँश छाप्राहरु खाली हुन थालेका छन् । स्रोतका अनुसार गोलधाप शिविरका शरणार्थीहरुलाई अन्य कुनै शिविरमा स्तान्तरण गरिन सकिने बताइएको छ । सो शिविरमा रहेका १० हजार भुटानीहरुमध्ये ४ हजार बढी शरणार्थीहरु पुनर्बास गइसकेका छन् ।यद्यपी शरणार्थी उच्च आयोग युएनएचसीआरले यस बिषयमा पुष्टि गर्न चाहेन...
झापा र मोरङ स्थित शिविरका असाय भुटानी शरणार्थी बालवालिकाले कोरेका चित्र लण्डनमा हुने प्रतियोगितामा समावेश हुने भएका छन् ।आज भुटानी शरणार्थी शिविर बेलडाँगी ३ मा भेला भएका सातै शिविरका असहाय वालवालिकाबीच चित्रकला प्रतियोगिता गराईएको हो । तियोगितामा झापा र मोरङका ४९ जना बालवालिकाले भाग लिएका थिए । कार्यक्रम शरणार्थी युवा प्रोजेक्ट लण्डनको सहयोगमा शरणार्थी बाल मञ्चले आयोजना गरेको हो । सो प्रोजेक्टका प्रतिनिधिद्वय रोजी र रिचर्डको प्रत्यक्ष संलग्नतामा भएको प्रतियोगितामा सातै वटा शिविरबाट उत्कृष्ट ठहरिएका...

Mar 5, 2010

पुनर्वासका कारण शरणार्थी विद्यार्थीको संख्या घट्दै गएपछि शरणार्थी शिविरहरुमा भएकामध्ये थप १२ वटा विद्यालय घटाइने भएको छ । शरणार्थीहरुको प्रतिनिधिहरु र शरणार्थीको शैक्षिक सहायतामा कृयाशिल संस्था कारितासका अधिकारीहरुबीच आज भएको बैठकले यस्तो निर्णय गरेको कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलले जानकारी गराउनु भयो । पुनर्वास शुरु हुनुअघि सन् २००८ को शुरु सम्ममा शरणार्थी शिविरहरुमा ४७ वटा विद्यालय थिए । सन २००९ मा दशवटा विद्यालय घटाइएको थियो । अहिले शरणार्थी शिविरहरुमा आठ माध्यमिक सहित ३७ वटा...

Mar 4, 2010

भूटानमा रहँदा दुई ऐकर खेत, कयौं गाईवस्तु र आफ्नै नातेदाहरुसँगै रमाउन पाउँदा अन्यन्तै खुसी थिइन् भहमाया राई । भूटानको चाङ्खा जिल्ला अर्न्तर्गत जुरेलिङ गाउँमा श्रीमान् पञ्चमान राई सँग वैवाहिक सम्वन्ध गाँसेपछि त झनै सुखका दिन थिए उनका ।सन् १९९० मा भूटान भित्र भएको जनआन्दोलनका खबरहरु जुरेलिङ गाउँकी भहुमायाका घर छिमेकमा पनि गाइगुइँ सुनिन थाल्यो । विडम्बनाको कुरा सन् १९९२ मा भूटान सरकारले करिब एक लाख नेपाली भाषी भूटानीहरुलाई भूटानबाट लखेट्ने क्रममा शरणार्थी हुन बाध्य भइन् उनी पनि । भूटानमा रहेको जग्गा...
शरणार्थी शिविर गोलधापमा यतिवेला चहलपहल घटेको छ । भुटानी शरणार्थी तेश्रोमुलुक पुनर्वास प्रकृया शुरु भएपछि चहलपहल घटेको हो । केही समयअघि नौ हजार छ सय ५६ जना शरणार्थी रहेको सो शिविरबाट गत महिनाको अन्त्यसम्ममा तीन हजार छ सय १७ जना तेश्रो मुलुक गइसकेका छन् । शिविरमा रहेका १५ सय छाप्रा घटेर अहिले ११ सयमा सीमित बनेको छ ।खाली छाप्रा भत्काएपछि त्यहाँ पुनर्वास नगएका शरणार्थीले सागसव्जी लगाउने गरेका छन् । गोलधापमा रहेका १५ सय छाप्रामध्ये करिव १५० छाप्रा मात्र स्वदेश फिर्ती पक्षधरका रहेको शिविर सचिव पूर्ण बहादुर...
आगो निभाउन गएको दमक नगरपालिकाको दमकलमाथि भुटानी शरणार्थीहरुको एक समूहले ढुंगा प्रहार गरेको छ । बुधबार राति ८ बजे बेलडाँगी - १ पछाडिको खरबारीमा सल्किएको आगो निभाउन जाने क्रममा शरणार्थीहले दमकलमाथि ढुंगा प्रहार गर्दा दुइ जना अग्नि नियन्त्रक सामान्य घाइते समेत भएका छन् । दमकलका चालक तथा अग्नि नियन्त्रक रेवत लामिछानेका अनुसार शरणार्थीहरुले प्रहार गरेको ढुंगा आगो निभाउन खटिएका कर्मचारीद्वय गोपाल घिमिरे र पदम बहादुर कार्कीलाई लागेको थियो ।“हामी दमकल लिएर जाँदा बारम्वार आक्रमण हुन्छ, किन हो ?” लामिछानेले...

Mar 1, 2010

...

Feb 25, 2010

एकलाख भोका नाङ्गा भुटानी शरणार्थीलाई खुवाई, पियाई स्याहार सुसार गर्न र मानवीय सहायता पुर्याउँदै आइरहेको दातृसंस्था हिजोआज खै किन पृथक रुपमा प्रस्तुत भएको पाइन्छ । त्यो पनि जतिवेला उसको स्वच्छ छविको आवश्यकता छ त्यसवेला ठिक विपरित रुपमा देखिनु आश्चर्यजनक भएको छ ।संस्था आफैंमा बदनाम हुँदैन तर त्यसमा आवद्ध कर्मचारी जोकोहिले गरे पनि सो कार्य संस्थाकै मानिने हुँदा संस्थाको नाम लिनु गलत हुँदैन होला । संस्थामा कार्यरत भ्रष्ट कर्मचारीका काला कर्तुतलाई विभिन्न सञ्चार माध्यमहरुले उजागर गरिसकेपछि पनि संस्थाले...
भुटानी शरणार्थीहरुलाई खाद्य सहायता पुर्याउँदै आएको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले शरणार्थीहरुलाई दिंइदै आएको चिनीमा आधा कटौती गरेको छ । अघिल्लो सातादेखि गरिएको चिनी कटौतीले मर्का परेको शरणार्थी प्रतिनिधिले बताएका छन् । यसअघि एक जना शरणार्थी बरावर १४ दिनका लागि २८० ग्राम चिनी वितरण गरिँदै आइएको थियो । यस अनुसार हरेक शरणार्थीले दिनको २० ग्राम चिनी पाउँदै आएकोमा अव १० ग्राम मात्र पाउँनेछन् । विश्व खाद्य कार्यक्रमले चिनीमा भएको अत्याधिक मुल्य वृद्धि र चिनी आयातमा अन्तराष्ट्रिय ढिलाइका कारण शरणार्थीलाई...
...

Feb 23, 2010

This is how the Camp Secreatory of Beldangi-1 (Ramesh Subba) was killed by a group of People by shouting. This are the Pictures took at "Ratua khola" at the time of Dahasaskar. Photo From- Tito Piro Mitho.com . Written by-Bikram Sapkota.More Detail:Ramesh Subba, the ex-secretary of Beldangi I was shot dead yesterday evening. Subba, the temporary resident of Beldangi I sector G was shot to death by...
His Majesty the King Jigme Khesar Namgyel Wangchuck joined the people of Paro who had gathered in Ugyen Pelri Palace grounds to celebrate the 30th birth anniversary of His Majesty the King.His Majesty was on his way from Paro Taktshang where he had spent the night praying for the continued well-being and happiness of all the Bhutanese peop...
A Bhutanese refugee attacked and killed his wife with khukuri in Sanischare refugee camp located in Morang district of Nepal on Friday morning. According to the police, Naradmani Bishwokarma, 45, killed his spouse Chandramaya Bishwokarma, 37, in their residence. The police have taken Naradmani into custody for further interrogation. The culprit is suspected to be mentally ill. Residents of sector C/3-45, the couple have five childr...
Resettled Bhutanese in Richmond city of Virginia state have announced the formation of a social organization, Richmond Bhutanese Society (RBS) on saturday amid a function organized at Virginia Council of Churches Hall, West graham Road, Richmond. Nine member executive body under the president ship of Bhupendra Baral was officially elected that constitutes Vice-president Mr.Thakur Ghimirey, General Secretary,Mr. Chandra Dhakal, Treasurer, Mr.Amber Bhattarai , Employment Secretary,Mr. Bhim Kumar...

Feb 22, 2010

enior Bhutanese leader, Dr. Bhampa Rai has blamed Bhutan of spinning a plot to murder Ramesh Subba, the former secretary of Beldangi refugee camp. Issuing a press release yesterday in Damak, Jhapa Nepal, Dr. Rai notified that the death of late Subba was at sole nothing more than a direct mastery, a ploy of Bhutan Regime against a descent leader for repatriation. ‘The foul plot of murder incidence of former secretary late Subba, has terrorized and menaced the leading circle of long time by-passed...