विराटनगर, चैत्र २९ -
फरक केही गर्ने अभ्यासले उनलाई एउटा 'आइडिया' फुरायो । शनिवार विराटनगरमा
आफ्नो नयाँ म्युजिक भिडियो सञ्चारकर्मीमाझ सार्वजनिक गरेका कलाकार
श्रीकृष्ण लुइँटेलले भने 'यसको ड्रेस र मेकअप मिलाउनमात्रै तीन दिन लाग्यो ।'ए बा , किन्देउन भटभटे' बोलको गीतबाट चर्चा पाएका पूर्वेली युवा गायक लुइँटेलले यसपटक आफ्नो गीत 'म आधा केटा आधा केटी' भन्नेमा म्युजिक भिडियो बनाएका छन् । इटहरीको तालतलैयामा छायांकन गरिएको चार मिनेट २४ सेकेण्डको यो म्युजिक भिडियोमा उनीमात्र छन् । अन्य कलाकारलाई पर्दामा देखाइदैन् ।
शरीरको आधा भागमा केटा र आधा भागमा केटीको मेकअपमा सजिएका उनले फरक प्रकारको भावभंगिमा प्रस्तुत गरेका छन् ।
'प्रकृतिले कसैलाई त्यस्तै स्वरुप दिन्छ भने तिनलाई पनि समाजले सहज रुपमा लिनुपर्छ भन्ने सन्देश हो, उनले भने 'समाजले अहिलेसम्म पुरुष भएर महिलातर्फ आकर्षित गर्न र महिला भएर पुरुषको साथ मन पराउनेका लागि मात्र बहस चलाएको मैले देखेको छु ।'
फरक धारबाट केही नौलो गर्ने चाहनाले पछिल्लो एल्बम 'कलिजुग' का गीतको छायांकनका क्रममा यस्तो विचार आएको उनले सुनाए । हालसम्म छवटा एल्बम बजारमा ल्याएका लुइटेल पछिल्लो म्युजिक भिडियोसँग बढि आशावादी रहेको बताउँछन्
RSS Feed
Twitter
5:43 PM
Achyut Sanjel
0 comments:
Post a Comment