काठमाडौ, चैत्र १९ -
मस्त निदाइरहेका बेला बुधबार बिहान सवा तीन बजे मोबाइलमा रिङ बज्यो । आँखा
मिच्दै उठेर डिस्प्लेमा हेर्दा नायक भुवन केसीको कल रहेछ । 'हेलो'
भन्नासाथ भुवनको उही ठूलो स्वर सुनियो, 'राजा, अबको आधा घन्टापछि हामी
टुँडिखेलको योग शिविर जाँदै छौं ।'
भुवनलाई पछ्याउँदै बाहिर निस्कँदा एकाबिहानैको सडक सुनसान थियो । रातो रङको किया स्पोर्टेज गाडी ड्राइभिङ गरिरहेका थिए भुवन । उनको बायाँपट्टि नायिका रेखा थापा बसेकी थिइन् ।
'योग टुरमा वेलकम' माथ्लोपट्टिको ढोका खोलेर गाडीको सिटमा बसेपछि रेखा पछिल्तिर फर्किइन्, 'उहाँ चाहिँ मेरो मम्मी ।' सँगैको सिटमा बस्ने होचो मोटो कदकी उनको नाम सरस्वती थापा रहेछ । पछ्यौरा ओढेकी ५४ वर्षे उनी हिरोइन छोरीसँगै योग शिविर जाँदै थिइन् ।
पहिलोपल्ट योग शिविर जाँदै गर्दा उत्साहित देखिएका भुवन र रेखाबीच खासै कुराकानी भइरहेको थिएन । बुद्धनगर पुगेपछि गाडी बाहिर देखियो, सेतो ट्रयाक र फुस्रो ज्याकेटमा चकटी बोकेर आउने निर्माता सुनिलकुमार थापा थिए । उनका पाइला पछ्याउँदै नायिका झरना थापा (सुनिल पत्नी) पनि दौडँदै आइपुगिन् ।
रेखाको आग्रहमा झरना सँगै बसेपछि गाडी भरियो । अबको सोझो गन्तव्य थियो, योग शिविर ।
शिविरमा कलाकारलाई रिसिभ गर्न भुवनकै बुबा मदनमोहन झुल्किए । 'हामी सीधै अगाडि जाऔं,' ७२ वर्षे उनी अघि लाग्दै थिए, 'योग सुरु हुनै लाग्यो ।'
अरूबेला डिंगो नछोड्ने भुवनले स्पोर्टस जुत्ता लगाएका थिए । त्यो पनि प्रवेशद्वारमैं खोलेर चप्पलमा अघि बढ्नुपर्यो । रेखा र झरना पनि खाली खुट्टै रामदेव-मञ्चको अघिल्तिर आसन जमाउन पुगे । टुँडिखेलमा यसअघि नैं सयौं योगभक्तहरू जम्मा भइसकेका रहेछन् ।
'ओम...ओम...ओम' घाँटीसम्म लर्केको दारी पालेका रामदेवले ध्यान मुद्रामा यसो भन्न थालेपछि १५ हजार हाराहारी मानिसको भीडमा कलाकारले पनि त्यसैलाई पछ्याए । योग शिविरमा हरेक दिन उच्च ओहोदाका अतिथि आउनेक्रममा बुधबार उपप्रधानमन्त्री विजयकुमार गच्छदार, आपूर्ति मन्त्री राजेन्द्र महतो आदि थिए । सबैखाले पेसा, व्यवसायमा आबद्ध नरनारीको उपस्थिति रहेको शिविरको अग्रपंक्तिमा बसेका भुवन, सुनिल, झरना, रेखा र उनकी आमाले लामो सास तानेर 'ओम' शब्दलाई थुप्रैपटक उच्चारण गरिरहेको देखिन्थ्यो, सुनिन्थ्यो ।
'अब भस्त्रिका प्राणायम गरौं,' रामदेवले हिन्दीमा यसो भनेपछि भुवन र झरनाले पलेंटीयुक्त घुँडामाथि हात राखेर पञ्जा उँभो फर्काए । आँखा चिम्म गरेर मन लाग्दोगरी लामो सास तान्दै र छाडदै केही पल बिताए । भास्त्रिका प्राणायममा रेखाले भने धेरै समय दिइनन् । स्वभाव चञ्चले भएर होला, उनी छेवैकी आमा जस्तो धैर्यवान हुन सकिरहेकी थिइनन् ।
'पेट सफा राख्न कपालभाति गरौं,' आचार्य बालकृष्णसँग बसेका रामदेवले आफ्नो भुँडी स्याप्पै सुकाउँदै र बाहिर निकाल्दै गर्न थालेपछि कलाकारले त्यसकै सिको गरे । केहीबेर सबैले गरे पनि भुवन र रेखाको चालमा कमी आयो । एकसुरमा कपालभाति गरिरहेकी झरना सँगैका साथी थाक्न खोजेको देखेपछि हाँस्दै उनीहरूको पेट हल्लिए नहल्लिएको हेर्दै थिइन् ।
फोक्सो र नाकको फाइदानिम्ति गरिने अनुलोम-विलोमक्रममा भने रेखा अब्बल देखिइन् । ट्रयाक सुटमाथि कालो स्वेटर लगाएकी उनी तीनवटा औंलामा औंठी भएको दाहिने हातले नाकका प्वाल थुन्दै र खोल्दै सास फेर्दै थिइन् । एकै लहरमा बसेकी झरनाका औंलामा पनि उत्तिनै औंठी थिए । घामका किरण फैलिंदै गर्दा रामदेवले बलिउडमा अमिताभ बच्चन र हेमा मालिनीसमेत योगप्रति आकषिर्त हुनथालेको सम्झँर्दै कलाकार टोलीलाई आर्शीवाद लिन मञ्चमा बोलाए । त्यतिमात्र होइन, समापनक्रममा भुवन, रेखा र झरनाले सयौं योग प्रशिक्षार्थीका सामु मन्तव्य नै दिए ।
रामदेवले 'स्वदेशी सामान प्रयोग गरौं,' भनेको सुनेकी रेखाले मन्तव्यमा 'अब हामीले पनि नेपाली फिल्मलाई माया गरौं,' भनेकी थिइन् । रामदेवले एकैछिनमा जवाफ फर्काइहाले, 'पहिले राम्रा फिल्म बनाउनुस्, सबैले हेर्छन् ।' साढे दुई घन्टा शिविरमा बसेका कलाकारले चकटी बोकेर उठदै गर्दा फुर्सदमा योग गर्न रुचि जागेको बताए । 'समयले भ्याएसम्म योग गर्ने छु,' नयाँ फिल्म निर्माणमा व्यस्त भुवन भन्दै थिए, 'यसले शरीर र मन दुवै शान्त पार्ने रहेछ ।' सेलिब्रेटी न परे, शिविर सकिएपछि पनि फ्यानलाई अटोग्राफ दिन र फोटोसेसन गराउन उनीहरूले थुप्रै समय खर्चिनुपर्यो ।

0 comments:
Post a Comment