सुख्खा यामसँगै शरणार्थी शिविरहरुमा हुनसक्ने आगलागिका घटनाप्रति सजग हुन
आग्रह गर्दै गोलधाप र बेलडाँगी एक शिविरमा र्याली र सभा गरिएको छ । विहान
१० बजेतिर गोलधाप शिविरमा निस्किएको र्यालीले सलाई, लाइटर जस्ता आगो
निस्किने बस्तु बालवालिकाले नभेट्ने ठाउँमा राख्न र आगोको हिफाजतपूर्ण
प्रयोग गर्न आह्वान गर्दै शिविर परिक्रममा गरेको थियो । र्यालीपछि भएको
सभामा गोलधाप शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव पूर्ण बहादुर गुरुङ,
युवा मैत्री केन्द्र गोलधापका संयोजक सागर तिम्सिनालगायतले आगलागिबाट
होसियार रहन शरणार्थीलाई आग्रह गर्नुभयो । गोलधाप शिविरमा दुइ बर्षअघि भएको
आगलागिमा परेर एकहजार दुइ सय ६५ छाप्रा नष्ट भएका थिए । आज भएको
कार्यक्रममा सन् २००८ को मार्च १ तारिकमा भएको आगलागिको घट्नासँग सम्वनिधत
वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । वृत्तचित्र युवा मैत्री केन्द्र
गोलधापले बनाएको हो । यसैगरि वेलडाँगी १ को युवा मैत्री केन्द्रले पनि आगलागिबाट बच्न आग्रह
गर्दै जनचेतनामूलक र्याली निकालेको छ । बेलडाँगी एक शरणार्थी शिविरमा गएको
माघ महिनामा भएको आगलागिका कारण लगभग एक सय छाप्रा नष्ट भएका थिए ।
यसैबीच भूटानी शरणार्थी शिविरमा असावधानीका कारण आगलागीका घटना बढेको ठहर गर्दै बेलडाँगी शिविरमा चुरोट बेच्न प्रतिबन्ध लगाइने भएको छ ।
दुइ दिन भित्रमा शिविरका पसलहरुबाट चुरोट हटाउन निर्देशन दिईएको शसस्त्र बेस क्याम्प बेलडाँगीका प्रहरी निरीक्षक गुणराज बानियाँले बताउनु भयो ।

0 comments:
Post a Comment