Mar 12, 2010


पुनवासका कारण विद्यार्थी र शिक्षकहरुको संख्या दिनानुदिन घट्न थालेपछि भुटानी शरणार्थी शिविरहरुमा संचालित विद्यालय समायोजन गर्न शुरु गरिएको छ ।
शरणार्थीको शैक्षिक कार्यक्रममा सहयोग गर्दै आएको कारितास नेपालले विद्यालय समायोजन गर्ने प्रकृया शुरु भएको जनाएको हो ।
दमक फिल्ड कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै संस्थाका दमक प्रमुख फादर अमलराजले बाह्र वटा विद्यालयलाई गाभ्ने र समायोजन गर्ने काम भएको बताउनु भयो ।उहाँले यसै शैक्षिक सत्रदेखि समायोजन गर्ने क्रम शुरु भएको बताउनु भयो । कार्यक्रमा दिईएको जानकारी अनुसार भुटानी शरणार्थी शिक्षा कार्यक्रम अर्न्तगत विभिन्न ७ वटा शिविरमा मुखय ९ र २७ वटा बिस्तारित विद्यालयहरु संचालनमा रहेका थिए ।
बेलडाँगी शिविरमा रहेका चार वटा माध्यमिक विद्यालयहहरुलाई बेलडाँगी २ बिस्तारित शिविरमा अवस्थित त्रिरत्न माविमा समोजन गरी संचालन गरिने कारितासले जनाएको छ ।
कार्यक्रमा दिइएको जानकारी अनुसार अक्टोवर ७ सन् २००७ मा पुनर्वास कार्यक्रम शुरु भएपछि हरेक बर्षपाँच हजारका दरले शरणार्थी विद्यार्थीको संख्या घट्न थालेको छ ।
कारितासले शरणार्थी विद्यार्थीको कक्षा ९ र १० का लागि सहयोग गर्दै आएको छ । यसै गरी शरणार्थी मामिला सम्बन्धी राष्ट्र संघीय उच्चायोगको पीआरएम सहयोग अर्न्तगत कक्षा ११ र १२ का विद्यार्थीलाई पनि सहयोग गर्दै आएको छ ।

0 comments:

Post a Comment