२०५६ सालमा पहिलो पटक हिरो चलचित्रबाट नेपाली रंगिन दुनियाँमा प्रबेश गरेकी नायिका रेखाले छबिलाई त्यतिनै खेर भेटेकी थिईन् । त्यसपछी यि दुईको भेट निरन्तर हुँदै गएको थियो र त्यसको केहि बर्षमै यि दुई बिबाह बन्धनमा बाँधिएको चर्चा चलेको थियो । नायिका रेखा र छबि बिच बिबाह भएको भन्ने सबैलाई थाहा भएपनि उनीहरूले आधिकारिक रूपमा बिबाह गरेको प्रमाण नदेखिएको केही चलचित्रकर्मीले बताए । आधिकारिक प्रमाण नभेटिए पनि यि दुई बर्षौं देखि पतिपत्नीको रूपमा सँगै बस्दै आएका छन् ।नायिका रेखाको प्रेमप्रसंगलाई लिएर नयाँ पत्रिकाले छापेको एक लेखमा उनले छबिको बारेमा यसो भनेकी थिईन्, 'छवि र मेरोबीचमा प्रेमपत्र नै आदान-प्रदान नभए पनि मनको भाव, चाह र सपनाको साटासाट भने भएको हो । र, भइरहेको पनि छ । त्यसैले ऊ नै मेरो नलेखिएको प्रेमपत्र हो ' उनले भनिन्, 'प्रेमपत्र नलेखेर किशोरावस्थामा जो मन पर्थ्यो, उसलाई मैले गुमाएँ । पछि छवि मेरो जीवनमा आयो । ऊ नै मेरा लागि सबथोक भयो।'
छबि ओझासँग केहि बर्ष अघि बिबाह बन्धनमा बाँधिएकी नायिका रेखाले आफूलाई अबिबाहित भन्दै व्याईफ्रेण्डको खोजी गरिरहेकी छु भन्नु को अर्थ के ? कतै उनले छबिसँग सम्बन्ध बिच्छेद गर्न खोजेकी त हैनन् ? यो प्रश्न आम नेपालीमा उठ्ने छ।
0 comments:
Post a Comment