Feb 25, 2010

भुटानी शरणार्थीहरुलाई खाद्य सहायता पुर्याउँदै आएको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले शरणार्थीहरुलाई दिंइदै आएको चिनीमा आधा कटौती गरेको छ । अघिल्लो सातादेखि गरिएको चिनी कटौतीले मर्का परेको शरणार्थी प्रतिनिधिले बताएका छन् । यसअघि एक जना शरणार्थी बरावर १४ दिनका लागि २८० ग्राम चिनी वितरण गरिँदै आइएको थियो । यस अनुसार हरेक शरणार्थीले दिनको २० ग्राम चिनी पाउँदै आएकोमा अव १० ग्राम मात्र पाउँनेछन् । विश्व खाद्य कार्यक्रमले चिनीमा भएको अत्याधिक मुल्य वृद्धि र चिनी आयातमा अन्तराष्ट्रिय ढिलाइका कारण शरणार्थीलाई दिँदै आएको चिनीमा आधा कटौती गर्नु परेको बताएको छ । फागुनको अन्तिम सातासम्म चिनी आइ पुग्ने र त्यसपछि साविककै दरमा शरणार्थीलाई चिनी दिइने पनि कार्यक्रमले जनाएको छ ।

0 comments:

Post a Comment