हङकङ,, वैशाख ७ -
सात समुद्रपारि रहेपनि हङकङेली नेपाली, गायिका अन्जु पन्तका सुमधुर
स्वरबारे बेखबर रहेनछन् । काउलुन पार्क पियाजामा आइतबार सँझ आयोजित
सांगीतिक कार्यक्रममा उनलाई सुन्न एकत्रित भिड पुष्टिका लागि काफी थियो ।
आतुर माहौलका बीच उनी करिब दुईघण्टा ढिलो मात्र देखापरिन् ।
'म तिमीविना मरिहाल्छु....' स्टेजमा चढ्दाचढदै उनले विना ट्रयाक एकलाइन भाकाहालिन् । भीड्ले परर.... ताली पिटे । 'यहँाहरु सबैलाई नयँा बर्षको शुभकामना,' उनी हँास्दै बोलिन्, 'आज न्यू इयर इभ सम्झी सँगै नाचगान गरौ है ? पहिले सुन्ने त्यसपछि मात्र नाच्ने गीत सुनाउने कबोल्दै उनी चिच्याइन्, 'एकछिन स्वदेश सम्झिउ है, हुन्छ ?' त्यसपछि उनी सुरु भइन् ।
सगरमाथाको शिरमा बुद्धको सान हाम्रो
संस्कृति र प्रकृतिमा अन्तर कहँ छ त्यति राम्रो...
टिमिक्कको जिन्स पाइन्ट, बैगुनी स्कट र कालो कोर्टमा सजिएकी गायिका पार्कको प्रांगणमा तयार झकिझकाउ स्टेजमा बलेका चम्किलो बत्तीमा मजाले खुलेकी थिइन् । तुरुन्तै अर्को ट्रयाक बजिहाल्यौ ।
चाहिदैन तिम्रो माया गरी खान देउ
मरे मर्छ त्यस्तो माया मरी जानदेउ...
त्यसपछि लगालग उनले 'तिम्रो मुटुको कुनै कुनामा मलाई राखिदेउ...', 'ऐ हजुर लाजले लजाए...', लगायत गाएपछि केहीबेर सुस्ताउन स्टेज पछाडि ओर्लिन् । उद्घोषक प्रदीप माल्बो र अन्जु घिसिङले गायिका आनी छोइङ डोल्मालाई स्टेजमा बोलाए । दर्शकहरु बीच कानेखुशी चल्यौ । किनकी एभरेष्ट च्यारिटी द्वारा आयोजित कार्यक्रममा आनी आउने हल्ला नै थिएन् । सदाबहार पहिरनमा रहेकी उनले आफ्नो चर्चित भाका हालिन् ।
'फूलको आखँामा फूलै संसार
काडँाको आखँामा काडै संसार..'
परर ताली बज्यौ । वान्स मोर पनि गुञ्जिए । उद्घोषक माल्बोले हास्यकलाकार सुशिल थापा मगरलाई यतिविध्न मन पराइदिनु भएकामा धन्यवाद भनेपछि बल्ल रहस्य खुल्यौ अनि सबै जिल्ल पर्दै मुखामुख गरे । नेपालबाटै पुगेका सुशिलले विभिन्न कलाकारका दुरुस्तै स्वर निकालेर दर्शकहरुलाई मजाले हसाए ।
भिड्ले फेरि अन्जुलाई नै खोज्यो । यतिबेला भने उनी आधुनिक पहिरनमा देखिइन् । स्लिभलेस पहिरनलाई छोप्न घाटीमा छोपिएको बुट्टेदार गलबन्दी मिलाउदै उनी हँास्दै बोलिन्, 'अलिकति नक्कल पनि त पार्नु पर्यो नि है ।' पहिरन अनुसार गीत गाइने दर्शकहरुका अनुमान विपरित उनले वियोगान्त गीत 'मलाई बासुरीले रुवायौ....', 'आखँाभरि अँासु भयो...' लगायतका गाइन् । अब पालो सँाच्चिकै नाच्ने गीतकै थियो । गायिकाले उही बहुचर्चित गीत 'माइतीघर...' भाका हालिन् । कुनै जमानामा भारतीय रजतपटकी चर्चित नायिका मालासिन्हाले कम्मर मर्काएको यस गीतमा यतिबेला भने गायिका अन्जु सँगै सयौं दर्शकले उनकै सिको गरिरहेका थिए । यतिञ्जेल समयले नेटो काटिसकेको थियो । दर्शकहरु उनी सँग तस्बिर लिन स्टेजमै ओर्लिसकेका थिए । तर गायिकाको सर्वाधिक चर्चामा रहेको गीत भने बाकी नै थियो । दर्शकहरु सँग तस्बिर खिच्दै उनले स्वर भरिन् ।
'नविर्से तिमीलाई नपाए तिमीलाई
विना अर्थ दिलमा सजाए तिमीलाई...'
अन्तमा उनले दर्शकहरुलाई समेत फुर्काइन । भलादमी दर्शकका साथ पाउदा साह्रै खुशी लाग्यो । हङकङेली दर्शकहरुका बारे जस्तो सुनेको थिए दुरुस्तै पाए ।

0 comments:
Post a Comment