विगत लामो समय देखि अस्वस्थ रहनु भएका नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको दुखान्त निधन भएको छ ।उहाँको ८७ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा आज मृत्यु भएको हो । व्रोङकाइटिस र निमोनिया रोगवाट ग्रसित कोइराला लामो समय देखी विरामी हुनुहुन्थ्यो । सन १९२५ मा जन्मनु भएका कोइराला प्रजातन्त्रको आन्दोलनमा दाजु विश्वेश्वर प्रसाद कोइराला संगै सहभागी हुनु भएको थियो । अहिले सम्म चार पटक प्रधानमन्त्री भइसकेका काँग्रेस सभापति कोइराला पहिलो पटक १९९१ देखि १९९४ सम्म प्रधानमन्त्री हुनु भएको थियो ।११४ सिट ल्यायर २०४८ सालको निर्वाचनमा वहुमत प्राप्त पार्टीको नेतृत्व गर्नु भएका कोइारलाले २०५१ सालमा मध्यावधि निर्वाचन गर्न तयार भएपछि पहिलो पटक नेपालमा मनमोहन अधिकारीको नेतृत्वमा एमाले नेतृत्वको अल्पमतको सरकार वन्न पुग्यो । नेपाली राजनीतिका चतुर खेलाडि मानिने कोइरालाको राजनीतिक चलखेलका कारण एमाले नेतृत्वको सरकार ९ महिनामै ढल्न पुगेको थियो ।....
एमाले सरकार ढलेपछि सकि्रय रुपमा कुटनैतिक र राजनैतिक चालवाजीमा लागेका कोइराला २०५४ देखि २०५५ मा दोस्रो पटक प्रधानमन्त्री वन्नु भयो भने २०५६ देखि २०५७ मा तेस्रो पटक प्रधानमन्त्री वन्नु भएको थियो । २०५८ जेठ १९ को दरवार हत्याकाण्ड पछि नेपालको राजसंस्था वाट टाढा रहनु भएका काँग्रेस सभापति गिरीजा प्रसाद कोइराला २०५९ असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्रले चालेको शाही कदम विरुद्ध संघर्षमा उत्रिनु भएको थियो तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिनीधिसभा विघटन गरी शेर वहादुर देउवालाइ प्रधानमन्त्री वनाउदा हालका प्रधानमन्त्री माधव कुमार नेपालले प्रतिगमन आधा सच्चियो भन्ने तर्क गरेपछि कोइराला लोकतन्त्रका लागी वरु माओवादी संग नरम हुँदै गए । माघ १९ २०६१ को शाही कदम पछि कोइराला र माओवादी नेतृत्व विच टेलिफोन वार्ता मार्फत सहकार्यको राजनीति सुरु गर्ने सहमति भयो र जसको परिणाम ज्ञानेन्द्रले गरेको स्थानिय निकायको निर्वाचन असफल भयो र अन्तत १२ वुदे दिल्ली सम्झौता भयो । १२ वुदे दिल्ली सम्झौता पछि भएको १९ दिने जन आन्दोलनमा कोइरालाले गुप्तवासवाटै नेतृत्व गर्नु भएको थियो । जनयुद्ध र जन आन्दोलनको समायेाजन वाट नेपालमा राजशाहीको अन्त्य भएपछि प्रतिनीधीसभा पुनस्रथापित भयो र अन्तरिम संविधान अन्तरिम सरकार हुँदै संविधान सभा र गणतन्त्रको औपचारीक घोषणा भयो ।

।नेपालको लोकतान्त्रिक आन्दोनलमा अतुलनीय योगदान गर्नुभएको कोइरालालाई देशले निरन्तर सम्झिरहनेछ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्दा लगाइ सर्वस्वहरण सहित देश निकाला गरेपछि ४५ जनाको परिवार सहित भारतको वनारस निर्वासनमा पुगेको कोइराला परिवार बिक्रम सम्बत् १९७५ मा भारत बिहार राज्यको सहर्षा जिल्लाको टेडीमा पुग्यो । नेपालका धेरै मानिसहरुलाइ थाह छैन गिरीजा प्रसाद कोइरालाको जन्म कहाँ भयो परिवार देश निकाला भएपछि भारत निर्वासनमा रहँदा कोइरालाको जन्म विहारको सहर्षा जिल्लाको टेडिमा भएकॊ थियो । गिरिजाप्रसाद कोइराला गर्भमा रहेका बेला उनका माता पिता गिरिजादेबिको मन्दिरमा जाने गर्नुहुन्थ्यो ।त्यसै शिलशिलामा उहाँहरुले जन्मने सन्तानको नाम गिरीजा प्रसाद या गिरीजा देवी राख्ने निणर्य गर्न भएको थियो सोही सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो । ंकोइराला परिवारको आय स्रोत खेतिपाती थियो । चन्द्र शम्शेरको मृत्यु पछि पिता कृष्ण प्रसाद कोइराला बिक्रम सम्बत १९८६ मा विराटनगर फर्कनुभयो ।
त्यतीबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो । पछि विसं १९०३ साल असोज २ मा पिताजी कृष्णप्रसाद कोइरालाले राणाशासन बिराटनगरबाट जनताका थोत्रा कपडा हुलाक मार्फत पठाएपछि राजद्रोहको लगाइ सर्वस्वहरण सहित पुन देश निकाला गरेको थियो । पीताकै प्रेरणाबाट राणाशासन विरोधी भावना जन्मिएको थियो गिरिजाप्रसाद कोइरालामा ।
त्यसैले उहाँ २३ वर्षको उमेरेदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । उहाले २३ वर्षको उमेरमा नै बिराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९४८ मा त उहाँ नेपाल टे्रड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्नुभयो । सन् १९५२ देखि १९६० सम्म कांग्रेसको मोरङजिल्ला सभापति बन्नुभएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी सात वर्षसम्म जेल हालियो । उहाले त्यतिबेला जेलमा नै २१ दिने भोकहडताल समेत गर्नुभयो ।
जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि बीपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन पछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान िसंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढ्ेको थियो ।
२०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैसाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो । यो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुन पार्टी सभापतिमा निर्वाचित हुनुभयो ।
२०६२ साल भदौ १४ गतेदेखि १७ गतेसम्म ललितपूरमा सम्पन्न एघारौं अधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुन निर्वाचित हुनुभयो ।
जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहाँ १३ वर्षदेखि नै कांग्रेसको सभापतिमा हुनुहुन्छ । दिल्लीमा भएको १२ बुदे समझदारीदेखि शान्ति सम्झौता हुँदै नेपालको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका रहेको छ ८७ बर्षीय कोइरालाको ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा पहिलो बिराटनगर मजदुर आन्दोलनका नेता कोइरालाले निरंकुश राणा शासनबिरुद्ध जनक्रान्ति पाचायती व्यवस्थाबिरुद्धको संयुक्त आन्दोलन र २०६२-६३ को लोकतान्त्रीक आन्दोलनमा अग्रणी भूमिका पूरा गर्नुभयो कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो युद्ध गरेको माओबादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो ।
संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले शशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएकाले पनि उहाको नाम विश्वमा चर्चित छ । ०४६ को जन आन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवी कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो ।
२०४६ सालको जनआन्दोलनपछिको दशकमा उहाको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रण हुनुभयो । तर २०६२ सालमा भने उहाँ युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसंग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमौ माओवादीसंग राजतन्त्रबिरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो ।
तर कोइरालाको ब्यक्तित्वका अगाडी त्यो बिरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि
0 comments:
Post a Comment