काठमाडौ, वैशाख ६ -
राजधानीमा जारी इन्डियन फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार बिहान
भृकुटीमण्डपस्थित पर्यटन बोर्ड हलमा दर्शक खचाखच थिए, फिल्म हेर्न होइन,
नेपाल-भारतका चलचित्रकर्मीको अनुभव सुन्न । स्टेजमा थिए, अलगधारको भारतीय
फिल्म निर्देशनमा पहिचान बनाएका गोविन्द निहलानी, अभिनेत्री नन्दिता दास,
प्रोफेसर सोहिनी घोससँगै नेपाली मेगास्टार राजेश हमाल ।
'चर्चाकै लागि हो भने म बलिउड सूत्रमा फिल्म बनाउँथे हुँला,' नक्सलवाडी आन्दोलनको असरमाथि 'हजार चौरासी की मा,' गुजरात दंगामाथि 'देव' लगायतका अलगधारको फिल्म बनाएका उनले भने, 'तर त्यस्ता फिल्मबाट मनमा आनन्द
मिल्दैन ।'
फरक धारमै जमेकी नायिका नन्दिताले सुरुमै आफ्नो पारिवारिक पृष्ठभूमि बताउन थालिन् । 'म जन्मेकै घर एउटा आदर्श नमुना थियो,' फिल्मको कुरा गनर्ुअघि उनले भनिन्, 'आमा जागिरे हुनुहुन्थ्यो, बुवा घरभित्र पेन्टिङ गनर्ुहुन्थ्यो ।
त्यही भएर मलाई सानैदेखि फरक गर्ने लालसा भयो ।' फिल्ममा लाग्नुअघि नै सोसल एक्टिभिस्ट रहेको भन्दै उनले फिल्मलाई पनि त्यसकै एउटा माध्यम बनाउन सकिने बताइन् ।
'किनभने भारतका अनेक समुदाय र क्षेत्रमा यस्ता कथा छन्, जसलाई बम्बैया फिल्म
-बलिउड) ले समेट्नै सक्दैन,' उनले भनिन्, 'त्यही भएर क्षेत्रीय र भाषिक फिल्महरूको मात्रा बढ्दै गइरहेको छ, जुन एकदमै आवश्यक छ ।' नायक राजेश हमालले चण्डिगढमा आफू पढ्न बस्दादेखि नै निहलानी र नन्दिताका फिल्म हेरेको बताउँदै दुवैको प्रशंसा गरे । आफूले अहिलेसम्म अन्तर्राष्ट्रिय चर्चामा आउने खालको फिल्ममा काम नगरेको स्वीकार्दै उनले अन्तिममा आफूले पनि फिल्म निर्देशन गर्ने सोच बनाइरहेको बताए ।
'अभिनयबाट थाकेर वा उमेर ढल्केर होइन,' उनले भने, 'मलाई निर्देशनमा केही नयाँ गर्ने रहर भइरहेको छ । अहिले त्यसको योजना बनाइरहेको छु ।'
बिहान नौ बजेदेखि १२ बजेसम्म भनिएपनि दर्शक रुचि र प्रश्नोत्तरका कारण एक घन्टा थप लम्बिएको सेमिनारपछि सन् २००५ मा रिलिज प्रदीप सरकार निर्देशित 'परिणिता' र सञ्जय लीला भन्साली निर्देशित 'ब्लाक' प्रदर्शन गरेर महोत्सव टुंग्याइयो ।
शरदचन्द्र चट्टोपाध्यायको बंगाली उपन्यासमा आधारित 'परिणिता' ले पुरानो कलकत्ताको कथा खोतल्न खोजे पनि दर्शकले त्यसलाई सार्वकालिक महसुस
गरे । प्रेम पर्दाको मनोदशा, एकअर्काबीचको शंका, गलत बुझाइ, भ्रम, मानसिक आघात, बाहिरी परिस्थितिले अवरोध सिर्जना गर्दाको मनोविज्ञान 'परिणिता' मा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । यही फिल्मबाट प्रदीप विज्ञापन व्यवसाय र म्युजिक भिडियोको दुनियाँबाट फिल्मतिर तानिएका हुन् ।
फिल्म फेयर अवार्डसँगै नेसनल फिल्म अवार्डअन्तर्गत बेस्ट फिल्म दरिएको 'परिणिता' मा शेखर
-सैफ अली खान), ललिता -विद्या बालन) र गिरीश -सञ्जय दत्त) को लिडिङ रोल छ । यही फिल्ममार्फत नायिका विद्याले डेब्यु गरेकी हुन् । प्रेमीबाट अनेक शंका-उपशंका र अपहेलना हुँदासमेत सिन्दुरको धर्म निर्वाह गरिरहने र अन्तिमसम्म प्रेममा समर्पित रहिरहने युवतीको भूमिकामा विद्याले उत्कृष्ट अभिनय गरेकी छन् ।
समीक्षकहरूले फिल्मलाई सत्यजित रेको 'चारुलता' बाट प्रभावितसमेत भनेका छन् । महोत्सवअन्तर्गत नै देखाइएको रवीन्द्रनाथ टेगोरको उपन्यासमा आधारित 'चारुलता' को पात्र चारु जस्तैको मनोदशामा 'परिणिता' मा ललितालाई देखाइएको छ भने 'सोना मनका आँगन...' बोलको गीतमा 'चारुलता' को 'फुले फुले ढोले ढोले...' सँग मिल्न खोज्छ । गीतको छायांकनसमेत उस्तै तरिकाले गरिएको छ, बगैंचामा पिङ खेल्दै ।
'ब्ल्याक' मा अमिताभ बच्चन र रानी मुखर्जीको 'लिडिङ रोल' छ । हेलेन केलरको अटोबायोग्राफीबाट प्रभावित फिल्ममा एक अन्धी युवती र उसको शिक्षक बीचको गहिरो सम्बन्धलाई खोतलिएको छ । नेसनल फिल्म अवार्डअन्तर्गत बेस्ट हिन्दी फिचर फिल्मको उपाधि चुम्न सफल फिल्ममा रानी र अमिताभले भिन्न अभिनय गरेका छन् ।
महोत्सवबाट अपेक्षा गरेभन्दा निकै राम्रो सफलता मिलेको आयोजकले दाबी गरे । 'दर्शक कम हुन्छन् कि भनेर सानो हल लिएका थियौं,' फेस्टिभलका इभेन्ट कोअर्डिनेटर जगन्नाथ तिमल्सिनाले भने, 'तर निकै थकथकाउनु पर्यो । धेरै दर्शक उभिनु परेकोमा हामी लज्जित छौं ।' दर्शकले दिएको उत्साहका कारण महोत्सव हरेक वर्ष निरन्तरता दिने उनले बताए ।

अरु फोटोहरु »
0 comments:
Post a Comment