नेपालकै चर्चित डनको रुपमा चिनिएका दिपक मनाङेले आफुले पदको लागि नभएर आफ्नो समुदायको अस्तित्वको लागि राजनीतिमा लागेका बताएका छन् ।
मनाङे केही दिनअघि मात्र लक्ष्मण थारुले नेतृत्व गरेको संघिय लोकत्रान्तिक राष्ट्रिय मञ्चमा प्रबेश गरेका हुन् । संगठनकै कामका शिलशिलामा मंगलबार उर्लाबारी आईपुगेका मनाङेले पत्रकारहरुसँग कुरा गर्ने क्रममा भने - म जहिले पनि अन्यायको लागि लडिरहेको छु र अब त्यो लडाईलाई संस्थागत बनाएको मात्रै हो ।
मिडियाहरुले आफुलाई डनको रुपमा चर्चामा ल्याएपनि आफु त्यस्तो कुनै डन नभएर अरु जस्तै सामान्य व्यापारी रहेको उनको भनाई थियो । आफ्नो अन्याय नसहने बानी रहेकोले प्रहरीहरुको ज्यादतीको बिरुद्ध लड्दा उनीहरुले डनको बिल्ला भिराएको हो ।
प्रहरी प्रशासनले व्यक्तिगत इगोको कारण आफ्नो खेदो गरिरहेको तर आफु त्यसको सामु कहिल्यै नझुक्ने बताए ।कसैको पगरी स्वीकार नगर्ने बताउँदै उनले भने - साँच्चै भन्ने हो भने गृह मन्त्री भिम रावल नै अहिलेको काठमण्डौको डन हो । गृहमन्त्री रावल नियम कानुन भन्दा बाहिर गएर आफ्नो शक्तिको प्रयोग गर्दै देशमा आतंक मच्चाईरहेको उनको आरोप थियो ।तर आफुलाई कुनै मन्त्री वा कुर्सीको चाह वा लोभ नभएको र पार्टी सच्चा कार्यकर्ता भएर रहने इच्छा उनले जाहेर गरे । अहिलेको राजनैतिक नेताहरु कोही पनि देशप्रति उत्तरदायी नभएकोले गर्दा नै देश बिकास हुन नसकेको बताउने मनाङे त्यही कुराले आफुलाई राजनीतिमा लाग्न प्रेरित गरेको बताए । बिभिन्न समयमा अरु थुप्रै पार्टीहरुलाई जिम्मेवारी पदमा रहेरै सहयोग गरेता पनि अब भने अस्तित्वको लागि अन्तीमसम्म लड्ने आफ्नो इच्छा रहेको उनले बताए ।
प्रहरी र मिडियाले आफुलाई जबरजस्ती रुपमा खराव मान्छे बनाए पनि आफु त्यस्तो नेचरको मान्छे नभएको स्पष्टिकारण दिँदै उनले भने मैले जे भन्छु त्यो मात्र लेखिदिन अनुरोध छ त्यसको जस्तो सुकै प्रतिक्रिया पनि मलाइ मन्जुर छ ।
मञ्चका केन्द्रिय सदस्य तथा लिम्बुवान राज्य परिषदको अध्यक्ष सभासद राजकुमार नाल्वोले उनी अहिले युवा नेताको रुपमा मात्र रहेका र केही समयपछि पार्टी बैठकबाट जिम्मवारी तोकिने जानकारी दिए ।

0 comments:
Post a Comment