युरोपमा भएका भुटानी शरणार्थीले जेनेभामा भएको मानवाधिकार परिषदको तेह्रौं
बैठकका अवसरमा शरणार्थी समस्याका बारेमा बैठक स्थलबाहिर खवरदारी गरेका छन् ।
भुटानी एडभोकेसी फोरम युरोपको अगुवाइमा वैठक स्थलबाहिर खवरदारी सभा भएको
थियो । हिजो भएका खवरदारीका सहभागिहरुले शरणार्थी फिर्तिका बारे कदम चाल्न र
भुटानी नागरिक माथिको हिंसा रोक्न भुटानसँग माग गरेका छन् । आफूहरुमाथिको
हिंसाले परिस्थिति थप जटिल हुने पनि उनीहरुले चेतावनी पनि दिएका फोरमका
मुख्य संयोजक दुर्गा गिरीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को १३औ महासभा बैठकमा आफ्ना समस्याको विषयमा लविङ गर्न गएको भुटानी शरणार्थीको तीन सदस्यीय टोली जेनेभाबाट फर्केको छ ।यसैबीच भुटान एडभोकेसी फोरम युरोप च्याप्टरको सो टोली दुइ दिने लवी सकेर फर्केको छ । उनीहरुले बैठक अघि त्यहाँ भाग लिन आएका धेरै राष्ट्रका प्रतिनिधिलाइ भेटेर भुटानको वास्तविकता बारे जानकरी दिएका थिए ।भुटानमा हुने गरेको मानव अधिकार हनन र शरणार्थी घर फिर्तीको विषयमा कुरा उठाइएको र राष्ट्र संघीय मानव अधिकार परिषदको जेनेभा कार्यालयमा ज्ञापन पत्र बुझाएको बुझिएको छ ।

0 comments:
Post a Comment