प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयदेखि नेपालमा रहेका भुटानी शरणार्थीको आफ्नो देश र्फकन पाउने अधिकारलाई उनीहरुको मानवअधिकारका रुपमा बुझिदिन भुटानसँग आग्रह गरेका छन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३ औ पुण्यतिथिमा सहभागी हुन काठमाडौ आएका भुटानी समकक्षी जिग्मे वाङचुक थिन्लेसँग बिहीबार भएको भेटमा उनले शरणार्थीहरुलाई तेश्रो मुलुकमा पुर्नस्थापना गरेर समस्या समाधान नहुने भन्दै ससम्मान स्वदेश फिर्तिको बातावरण बनाउन आग्रह गरेका हुन् ।प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले भुटानमा हुन लागेको सार्क शिखर सम्मेलनको तयारीका बारे समेत भेटमा कुराकानी भएको र प्रधानमन्त्री नेपाललाई सो सम्मेलनमा सहभागिताका लागि थिन्लेले निमन्त्रणा दिएको जानकारी दिए ।प्रधानमन्त्रीसँगको भेटपछि थिन्लेले शरणार्थीसम्बन्धी विषयलाई भुटानले पनि गम्भीररुपले लिएको बताउँदै भुटान र नेपाल एवम् अन्तर्राष्ट्रिय समुदायसमेतको समन्वयमा शरणार्थी समस्यालाई समाधान गर्ने विषयमा आगामी दिनमा कुराकानी गर्ने जानकारी दिएका थिए । थिन्लेले शरणार्थीहरुलाई तेश्रो मुलुक पुर्नस्थापना गर्ने कार्य सन्तोषजनक रुपमा अघि बढिरहेको बताउदै आगामी दिनमा पनि परस्पर छलफलको आधारमा समस्या समाधान गरिने बताए ।
Apr 1, 2010
2:25 PM
Achyut Sanjel

Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment