पूर्वी नेपालमा दुइ दशकदेखि शरण लिइरहेका भुटानीलाई बेलायतले पनि
पुनर्वासमा लैजाने भएको छ । स्रोतका अनुसार आगामी साता आउने टोलीले
शरणार्थीको अन्तरबार्ता लिनेछ । अन्य देशका लागि फारम भरेर अस्वीकृत
गरिएका र शिविरमा जनगणनाका वेला छुटेका शरणार्थी वेलायत जानेमा पर्ने
सम्भावना बढि रहेको जनाइएको छ ।छुटेकाको जनगणना दुइ साताअघि युएनएचसीआर र सरकारको संयुक्त टोलीले गरेको
थियो । राष्ट्रसंघीय नियोगका अनुसार झापा र मोरङका सात शिविरका १ लाख ७
हजार मध्ये ८३ हजारले पुनर्वासको इच्छा राखेका छन् ।
Mar 13, 2010
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment