Jun 29, 2010

कास्की, अषाढ १५ - एउटी युवती चञ्चले पारामा नाचिरहेकी थिइन् । पोखराबाट २५ किलोमिटर पर स्याङ्जाको भालु पहाडमा यस्ता दृश्य देखिइरहँदा गुडिरहेका सवारीका झ्यालबाट टाउकाहरू निक्लिरहेका थिए । दिनहुँ सयौं सवारी गुड्ने पृथ्वी राजमार्गमा पर्ने रमणीय क्षेत्रमा दिनेश राउत निर्देशित 'आई एम सरी' को छायांकन भइरहेको थियो । दर्जनौं म्युजिक भिडियोमा देखिइसकेकी केकी अधिकारी आफूलाई ठूलो पर्दाका लागि दोस्रो पटक कैद गराउँदै थिइन्- 'उडी उडी चरी उडी...' गीतमार्फत । यसअघि 'स्वर' मा अभिनय गरेकी केकीको नृत्य हेर्न सुटिङ स्थलमा सर्वसाधारणले घेरा हालेका थिए ।
धनाढ्य बाबुकी छोरीका रूपमा 'आई एम सरी' मा खेलिरहेकी केकी (श्रुति) पारिवारिक बन्धनबाट मुक्त हुन बस यात्राबाटै अनायासै पोखरा आएपछि चलचित्रको कथा

Jun 28, 2010


काठमाडौ, अषाढ १४ - अर्जेन्टिना र जर्मनी विश्वकप फुटबलको क्वाटर फाइनामा भिड्ने भएका छन् । अर्जेन्टिनाले मेक्सिको र जर्मनीले इंग्लैण्डलाई पराजित गरेर अन्तिम ८ मा प्रवेश गरेका हुन् ।
आइतबार राति भएको खेलमा म्यारोडेनाको टोली अर्जेन्टिनाले मेक्सिकोलाई ३-१ ले पराजित गर्‍यो । अर्जेन्टिनाले लगातार चौथो जित हासिल गरेको हो । जितका लागि टेभेजले २ र गोन्जालो विगिङले १ गोल गरे । टेभेजले खेलको २६ र ७२ औं तथा गोन्जालोले ३३ औं मिनेटमा गोल गरेका थिए ।
पराजित मेक्सिकोका जावेद हेर्नान्डिजले ७१ औं मिनेटमा गोल फर्काएका थिए ।

May 7, 2010

झापा, वैशाख २४ - भूटानी शरणार्थीको वेलडागी-१ स्थित सेक्टर- १ शिविरमा आगलागी हुँदा शुक्रबार ३५ घर जलेर नष्ट भएको छ । त्यसैगरी आगो नियन्त्रण गर्ने क्रममा थप ३५ घर भत्काइएको छ ।
साँझ साँढे ६ बजे सुरु भएको आगलागी नियन्त्रणका लागि दमक नगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल, शरणार्थी र स्थानीयबासी मिलेर  आगोलाई नियन्त्रणमा लिने कोशिस गरिरहेका छन् ।
काठमाडौ, वैशाख २४ - निर्देशक मदन घिमिरे आफू निर्देशित फिल्म 'दोस्ती' को मोफसलमा प्रमोसन गरेर भर्खरै फर्केका थिए र उनले तत्काल 'स्वाभिमान' फिल्मको सुटिङमा व्यस्त हुनुपथ्र्यो । तर बिहीबार उनी साथीभाइसितको जमघटमा थिए, घरभन्दा बाहिर । 'बन्दले पार्नु मार पार्‍यो नि' उनले भने, 'चलिरहेको फिल्म रोकियो, नयाँ योजनाहरू स्थगित भए ।'
माओवादीले आमहडताल सुरु गर्नुभन्दा अघिल्लिो दिन उनी आफ्नै निर्देशन रहेको 'मस्ती' को फाइनल मिक्सिङमा थिए, १९ गतेबाट चिरन्जीवी बस्नेतको निर्माण र उनकै निर्देशन रहेको 'भागी भागी नजाऊ' रिलिज हुँदै थियो । 'ती सब रोकियो' 'मस्ती' को इन्टरभलसम्मको मिक्सिङ सकाएपछि आराम गरिरहेका उनले भने, 'फिल्म निर्माण कम्पनीलाई यसै पनि घाटा छ, व्यक्तिगत हिसाबले म पनि ठूलो घाटामा परेँ ।'
नायिका रेखा थापा अघिल्लो हप्ता नेपाली कथानक फिल्म 'इशारा' को सुटिङका लागि सिक्किममा थिइन् ।

Apr 21, 2010

हङकङ,, वैशाख ७ - सात समुद्रपारि रहेपनि हङकङेली नेपाली, गायिका अन्जु पन्तका सुमधुर स्वरबारे बेखबर रहेनछन् । काउलुन पार्क पियाजामा आइतबार सँझ आयोजित सांगीतिक कार्यक्रममा उनलाई सुन्न एकत्रित भिड पुष्टिका लागि काफी थियो । आतुर माहौलका बीच उनी करिब दुईघण्टा ढिलो मात्र देखापरिन् ।
'म तिमीविना मरिहाल्छु....' स्टेजमा चढ्दाचढदै उनले विना ट्रयाक एकलाइन भाकाहालिन् । भीड्ले परर.... ताली पिटे । 'यहँाहरु सबैलाई नयँा बर्षको शुभकामना,' उनी हँास्दै बोलिन्, 'आज न्यू इयर इभ सम्झी सँगै नाचगान गरौ है ? पहिले सुन्ने त्यसपछि मात्र नाच्ने गीत सुनाउने कबोल्दै उनी चिच्याइन्, 'एकछिन स्वदेश सम्झिउ है, हुन्छ ?' त्यसपछि उनी सुरु भइन् ।
काठमाडौ, वैशाख ८ - निर्देशक मणी रत्नमको पछिल्लो फिल्म 'रावण' का रावण बनेका अभिषेकले सीता बनेकी ऐश्वर्याको अपहरण गरेका छन् । तर, यो अपहरण फिल्मको दृश्यका लागि नभई तेस्रो 'म्यारिज एनिभर्सरी' मनाउन गरेका हुन् ।
रत्नमको फिल्म 'गुरु' मा सँगै काम गरेलगत्तै अनस्क्रिन  पार्टनरबाट रियल लाइफ पार्टनर बनेका अभि-ऐशले २००७ को अपि्रलमा विवाह गरेका थिए । तीन वर्षे वैवाहिक जीवनको खुशियाली मनाउन नायक अभिशेकले पूर्वविश्व सुन्दरी पत्नी ऐश्वर्यालाई अमेरिका लगेका हुन् ।
'म पत्नी अपहरण गर्न सफल भएँ,' ट्वीटरमा लेख्दै अभिषेकले फ्यानलाई भनेका छन्, 'सबैलाई केही दिनपछि भेटौंला ।' एनिभर्सरी मनाउन अभि-ऐश अमेरिकाको न्युयोर्क जान प्लेन पक्रेको बुबा अमिताभ बच्चनले आइतबार ब्लगमा लेखेका थिए ।
यो जोडी 'रावण' को म्युजिक रिलिजका लागि शनिबारै भारत फर्किने छ । फिल्मको पहिलो प्रोमो र पोस्टर दुई दिनअघि रिलिज भएको थियो ।

Apr 19, 2010

नेपालको चर्चित एफ एम कान्तिपुरमा हरेक बुधबार बिहान १० बजे प्रशारण हुने फिल्मी कार्यक्रम 'बाइस्कोप' मार्फत नायिका रेखा थापाले आफू अहिले सम्म अबिबाहित रहेको बताएकी छिन् । रंगकर्मी बिजय 'आवाज' को साथमा आउने सो कार्यक्रम मार्फत रेखाले आफूले अहिलेसम्म बिबाह नगरेको बताईन् । कार्यक्रममा बैशाख महिनाको रेड कार्पेटमा परेकी नायिका रेखाले आफू अबिबाहित भएको मात्र भनिनन् कि उनले अहिले आफ्नो व्याईफ्रेण्डको रूपमा 'DOG' रहेको बताइन् । बैशाख १ गते नयाँ बर्षकै दिन प्रसारण भएको सो कार्यक्रम मार्फत उनले 'DOG' जस्तै इमान्दार र हिफाजत गर्न सक्ने खालको व्याईफ्रेण्ड खोजिरहेको खुलासा गरिन् । रेखाले आफू अहिले सम्म अबिबाहित रहेको बताए पनि उनले चलचित्र निर्माता छबि ओझासँग बिबाह गरेको भन्ने कुरा थाहा नपाउने नेपालीहरू सायद कमै होलान् ।
काठमाडौ, वैशाख ६ -  राजधानीमा जारी इन्डियन फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार बिहान भृकुटीमण्डपस्थित पर्यटन बोर्ड हलमा दर्शक खचाखच थिए, फिल्म हेर्न होइन, नेपाल-भारतका चलचित्रकर्मीको अनुभव सुन्न । स्टेजमा थिए, अलगधारको भारतीय फिल्म निर्देशनमा पहिचान बनाएका गोविन्द निहलानी, अभिनेत्री नन्दिता दास, प्रोफेसर सोहिनी घोससँगै नेपाली मेगास्टार राजेश हमाल ।  
'चर्चाकै लागि हो भने म बलिउड सूत्रमा फिल्म बनाउँथे हुँला,' नक्सलवाडी आन्दोलनको असरमाथि 'हजार चौरासी की मा,' गुजरात दंगामाथि 'देव' लगायतका अलगधारको फिल्म बनाएका उनले भने, 'तर त्यस्ता फिल्मबाट मनमा आनन्द
मिल्दैन ।'
फरक धारमै जमेकी नायिका नन्दिताले सुरुमै आफ्नो पारिवारिक पृष्ठभूमि बताउन थालिन् । 'म जन्मेकै घर एउटा आदर्श नमुना थियो,' फिल्मको कुरा गनर्ुअघि उनले भनिन्, 'आमा जागिरे हुनुहुन्थ्यो, बुवा घरभित्र पेन्टिङ गनर्ुहुन्थ्यो ।

Apr 11, 2010

विराटनगर, चैत्र २९ - फरक केही गर्ने अभ्यासले उनलाई एउटा 'आइडिया' फुरायो । शनिवार विराटनगरमा आफ्नो नयाँ म्युजिक भिडियो सञ्चारकर्मीमाझ सार्वजनिक गरेका कलाकार श्रीकृष्ण लुइँटेलले भने 'यसको ड्रेस र मेकअप मिलाउनमात्रै तीन दिन लाग्यो ।
'ए बा , किन्देउन भटभटे' बोलको गीतबाट चर्चा पाएका पूर्वेली युवा गायक लुइँटेलले यसपटक आफ्नो गीत 'म आधा केटा आधा केटी' भन्नेमा म्युजिक भिडियो बनाएका छन् । इटहरीको तालतलैयामा छायांकन गरिएको चार मिनेट २४ सेकेण्डको यो म्युजिक भिडियोमा उनीमात्र छन् । अन्य कलाकारलाई पर्दामा देखाइदैन् ।
शरीरको आधा भागमा केटा र आधा भागमा केटीको मेकअपमा सजिएका उनले फरक प्रकारको भावभंगिमा प्रस्तुत गरेका छन् ।

Apr 7, 2010

हिन्दी सिनेमाकी नेपाली अभिनेत्री मनीषा कोइरालाले आफूभन्दा सात वर्ष कान्छो युवालाई श्रीमान् बनाउने भएकी छिन् । ४० टेकेकी मनीषाले ३३ वर्षीय सम्राट दाहालसँग आगामी ५ असारमा बिहे गर्दै छिन् ।स्थानीय विकास मन्त्रालयले खोलेको ठेक्काको विषयमा पत्रकारहरूसँग केही दिनअगाडि कुरा गर्दै सम्राट आफैंले भनेका थिए, ‘म त भर्खर ३३ वर्षको भएँ ।’ उता उनकी जोडी मनीषाले पनि आफू ४० वर्ष भएको बताइसकेकी छिन् ।

Apr 6, 2010

भूटानी शरणार्थीले घर फिर्तीको माग राख्दै भूटानमा हुन लागेको सार्क शिखर सम्मेलनमा ज्ञापनपत्र बुझाउने भएका छन् ।
झापा र मोरङका सातवटै शिविरमा मत संकलन गरी स्वदेश फिर्ती माग सार्क सम्मेलनसम्म पुर्याउन लागिएको हो ।
रिले मार्च कार्यक्रमका संयोजक बादल थापाको नेतृत्वमा शिविरहरुमा स्वदेश फिर्तीको मत संकलन गरी गर्न सुरु गरिएको छ ।
भूटानी प्रजातान्त्रिक मोर्चाले पनि स्वदेश फिर्तीको लागि सार्कमा दबाव सृजना गर्न लविङ सुरु गरिएको बताउनु भयो । पुनर्वास कार्यक्रम शुरु भएसँगै स्वदेश फिर्ती पक्षधरहरुको आन्दोलन भने ओझेलमा पर्दै आएको छ ।

Apr 2, 2010

काठमाडौ, चैत्र १९ - मस्त निदाइरहेका बेला बुधबार बिहान सवा तीन बजे मोबाइलमा रिङ बज्यो । आँखा मिच्दै उठेर डिस्प्लेमा हेर्दा नायक भुवन केसीको कल रहेछ । 'हेलो' भन्नासाथ भुवनको उही ठूलो स्वर सुनियो, 'राजा, अबको आधा घन्टापछि हामी टुँडिखेलको योग शिविर जाँदै छौं ।'
भुवनलाई पछ्याउँदै बाहिर निस्कँदा एकाबिहानैको सडक सुनसान थियो । रातो रङको किया स्पोर्टेज गाडी ड्राइभिङ गरिरहेका थिए भुवन । उनको बायाँपट्टि नायिका रेखा थापा बसेकी थिइन् ।
० चैत, काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले संविधान निर्माण र शान्ति प्रक्रियाले पूर्णता नपाएसम्म राजिनामा नदिने बताउनुभएको छ । कुनै दलले सरकार गठनका लागि स्पष्ट बहुमत पुर्‍याए आफू सरकार छोड्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।
रिपोर्टस क्लबको नेतृत्वमा शुक्रबार विहान बालुवाटार पुगेको पत्रकारहरुको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘संविधान लेखन र शान्तिप्रक्रियाको पूर्णता वर्तमान सरकारको मूल जिम्मेवारी हो, त्यो पूरा नभएसम्म राजिनामा दिन्न ।
अर्काको घरमा आगो लगाउने दुइजना भुटानी शरणार्थीलाई झापाको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरवाट आज प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा वेलडाँगी एक वस्ने दावा तामाङ र रविन राई रहेका छन् । दुवै जनाले गत १८ गते सोही शिविरका दल वहादुर मगरको घरमा आगो लगाएका थिए । यसरी लगाइएको आगो अन्य शरणार्थीले तत्काल देखेपछि नियन्त्रणमा लिएका थिए, जसका कारण शिविरमा ठूलो क्षति हुन पाएको थिएन ।
आगो नियन्त्रण गर्ने व्यक्तिहरूलाइ आगो लगाउने व्यक्तिहरूले कार्वाही गर्ने धम्की दिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले किन आगो लगाउने प्रयास गरेका थिए भन्नेवारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि पनि शिविरमा पटक पटक आगलागि हुँदा लाखौको क्षति हुँदै आएको छ ।

Apr 1, 2010


प्रधानमन्त्री माधवकुमार नेपालले लामो समयदेखि नेपालमा रहेका भुटानी शरणार्थीको आफ्नो देश र्फकन पाउने अधिकारलाई उनीहरुको मानवअधिकारका रुपमा बुझिदिन भुटानसँग आग्रह गरेका छन् । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३ औ पुण्यतिथिमा सहभागी हुन काठमाडौ आएका भुटानी समकक्षी जिग्मे वाङचुक थिन्लेसँग बिहीबार भएको भेटमा उनले शरणार्थीहरुलाई तेश्रो मुलुकमा पुर्नस्थापना गरेर समस्या समाधान नहुने भन्दै ससम्मान स्वदेश फिर्तिको बातावरण बनाउन आग्रह गरेका हुन् ।
हालसम्म पुनर्वास गइसकेका बाहेक नेपालको झापा र मोरङमा रहेका सात शिविरका शरणार्थीहरुलाई आगामी दुइ महिनाभित्रमा अमेरिकाले लगिसक्ने भएको छ । अमेरिका वाहेक अन्य देशका लागि प्रकृयामा रहेका शरणार्थीहरुलाई अमेरिकाले ती देशहरुमा दुइ महिनाभित्रमा लगि सक्नु पर्ने, यदि नसक्ने भएमा अमेरिकालाई जानकारी दिन सात दिनको समयसीमा तोकिदिएको छ । जुन शरणार्थीहरुलाई अन्य देशहरुले २ महिनामा उडाउन सक्दैनन् उनीहरुको प्रकृया अप्रिल १० तारिकदेखि अमेरिकाका लागि शुरु हुने पनि जनाइएको छ ।

Mar 31, 2010

नेपालकै चर्चित डनको रुपमा चिनिएका दिपक मनाङेले आफुले पदको लागि नभएर आफ्नो समुदायको अस्तित्वको लागि राजनीतिमा लागेका बताएका छन् ।
मनाङे केही दिनअघि मात्र लक्ष्मण थारुले नेतृत्व गरेको संघिय लोकत्रान्तिक राष्ट्रिय मञ्चमा प्रबेश गरेका हुन् । संगठनकै कामका शिलशिलामा मंगलबार उर्लाबारी आईपुगेका मनाङेले पत्रकारहरुसँग कुरा गर्ने क्रममा भने - म जहिले पनि अन्यायको लागि लडिरहेको छु र अब त्यो लडाईलाई संस्थागत बनाएको मात्रै हो ।
मिडियाहरुले आफुलाई डनको रुपमा चर्चामा ल्याएपनि आफु त्यस्तो कुनै डन नभएर अरु जस्तै सामान्य व्यापारी रहेको उनको भनाई थियो । आफ्नो अन्याय नसहने बानी रहेकोले प्रहरीहरुको ज्यादतीको बिरुद्ध लड्दा उनीहरुले डनको बिल्ला भिराएको हो ।
१८ चैत, काठमाण्डौ । प्रमुख तीन राजनीतिक दलले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याई जेठ १४ गतेभित्र नै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संयुक्त वक्तव्य जारी गर्दै जेठ १४ गतेभित्र नै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।
केही दिनयता धर्म निरपेक्षता सङ्घीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धिकाविरुद्ध सुनियोजितरुपमा भइरहेका शृङ्खलाबद्ध प्रहारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बैठकले जनताले प्राप्त गरेका उपलब्धिलाई खोस्न चाहने र निर्धारित मितिमा शान्ति स्थापना एवम् संविधान घोषणाको प्रकि्रयालाई सफल हुन नदिने प्रतिगामीहरु विरुद्ध एकताबद्ध भएर लाग्ने सङ्कल्प गरेको छ ।
पुनरवास भएर अमेरिका पुगेका भुटानी शरणार्थीले भुटानमा रहेका आफ्ना आफन्तलाई पठाएको पैसा भुटानी अधिकारीहरुले नै जफत गरेका छन् । दक्षिण भुटानको सर्भाङ जिल्ला गेलेफुका पाँच भुटानी परिवारलाई अमेरिका पुनर्वास भएका आफन्तले पठाएको पैसा बैंकबाटै जफत गरिएको हो । अमेरिका पुनर्वास भएका शरणार्थीले पठाएको पैसा बैंकमा आएपछि बैंकका कर्मचारीले प्रहरीलाई खवर गरिदिएका थिए । भुटान प्रहरीले ती पाँच परिवारलाई पैसा लिन पाउँदैनौ भनेको दक्षिण भुटानको घुमफिरबाट भर्खरै फर्किएका बेलडाँगी ३ शरणार्थी शिविरका एक शरणार्थीले बताएका छन् । उनका अनुसार ती परिवारलाइ भुटानी प्रहरीहरूले तिमीहरू पनि अमेरिका जान चाहन्छौ भनेर धम्क्याउने समेत गरेका छन् । नेपालमा शरणागत जीवन विताइरहेका प्रायः भुटानीका आफन्त दक्षिण भुटानमा सरकारी दमन सहेर वस्न वाध्य छन् ।

Mar 30, 2010

पहिला खुबै मिल्ने नायिका रेखा थापा र नायक विराज भट्टबीच पछिल्लो चरणमा विवाद चर्कंदै गएको छ। उनीहरूबीच विवाद बढ्नुमा 'म के कम ?' भन्ने भावना कारक तत्त्व बनेको छ। विराज आफू केही फिल्मबाट निकालिनुमा रेखा नै दोषी देख्छन् भने रेखाचाहिँ आफूले स्थापित गरेको मान्छेले आफ्नैविरुद्ध कुरा काट्दै हिँडेको र अव्यावसायिक बेहोरा देखाएकाले रुष्ट भएको बताउँछिन्
नायिका रेखाले अर्का नायक निखिल उप्रेतीसँग मनमुटाव भएपछि आफ्नो फिल्म हिम्मतमा विराजलाई नायक लिएकी थिइन्। हिम्मतपछि नै हो विराज नायकका रूपमा जमेका। त्यतिवेला रेखाले विराजको निकै सिफारिस गर्थिन्। तर, विराज यो कुरा भने मान्न तयार छैनन्। उनको भनाइ छ, 'रेखाको सिफारिसले मैले कुनै पनि फिल्म पाएको छैन। बरू मैले सिफारिस गरेर रेखालाई थुप्रै फिल्म दिलाएको छु।' रेखा भन्छिन्, 'कसैले नलिएको मान्छेलाई मैले रि-ब्रेक दिएँ। अहिले उसैका कुरा ठूला ? दुनियाँलाई थाहा छ, मैले विराजलाई कत्तिको सहयोग गरेकी छु भन्ने।'