Mar 31, 2010

नेपालकै चर्चित डनको रुपमा चिनिएका दिपक मनाङेले आफुले पदको लागि नभएर आफ्नो समुदायको अस्तित्वको लागि राजनीतिमा लागेका बताएका छन् ।
मनाङे केही दिनअघि मात्र लक्ष्मण थारुले नेतृत्व गरेको संघिय लोकत्रान्तिक राष्ट्रिय मञ्चमा प्रबेश गरेका हुन् । संगठनकै कामका शिलशिलामा मंगलबार उर्लाबारी आईपुगेका मनाङेले पत्रकारहरुसँग कुरा गर्ने क्रममा भने - म जहिले पनि अन्यायको लागि लडिरहेको छु र अब त्यो लडाईलाई संस्थागत बनाएको मात्रै हो ।
मिडियाहरुले आफुलाई डनको रुपमा चर्चामा ल्याएपनि आफु त्यस्तो कुनै डन नभएर अरु जस्तै सामान्य व्यापारी रहेको उनको भनाई थियो । आफ्नो अन्याय नसहने बानी रहेकोले प्रहरीहरुको ज्यादतीको बिरुद्ध लड्दा उनीहरुले डनको बिल्ला भिराएको हो ।
१८ चैत, काठमाण्डौ । प्रमुख तीन राजनीतिक दलले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याई जेठ १४ गतेभित्र नै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संयुक्त वक्तव्य जारी गर्दै जेठ १४ गतेभित्र नै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।
केही दिनयता धर्म निरपेक्षता सङ्घीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धिकाविरुद्ध सुनियोजितरुपमा भइरहेका शृङ्खलाबद्ध प्रहारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बैठकले जनताले प्राप्त गरेका उपलब्धिलाई खोस्न चाहने र निर्धारित मितिमा शान्ति स्थापना एवम् संविधान घोषणाको प्रकि्रयालाई सफल हुन नदिने प्रतिगामीहरु विरुद्ध एकताबद्ध भएर लाग्ने सङ्कल्प गरेको छ ।
पुनरवास भएर अमेरिका पुगेका भुटानी शरणार्थीले भुटानमा रहेका आफ्ना आफन्तलाई पठाएको पैसा भुटानी अधिकारीहरुले नै जफत गरेका छन् । दक्षिण भुटानको सर्भाङ जिल्ला गेलेफुका पाँच भुटानी परिवारलाई अमेरिका पुनर्वास भएका आफन्तले पठाएको पैसा बैंकबाटै जफत गरिएको हो । अमेरिका पुनर्वास भएका शरणार्थीले पठाएको पैसा बैंकमा आएपछि बैंकका कर्मचारीले प्रहरीलाई खवर गरिदिएका थिए । भुटान प्रहरीले ती पाँच परिवारलाई पैसा लिन पाउँदैनौ भनेको दक्षिण भुटानको घुमफिरबाट भर्खरै फर्किएका बेलडाँगी ३ शरणार्थी शिविरका एक शरणार्थीले बताएका छन् । उनका अनुसार ती परिवारलाइ भुटानी प्रहरीहरूले तिमीहरू पनि अमेरिका जान चाहन्छौ भनेर धम्क्याउने समेत गरेका छन् । नेपालमा शरणागत जीवन विताइरहेका प्रायः भुटानीका आफन्त दक्षिण भुटानमा सरकारी दमन सहेर वस्न वाध्य छन् ।

Mar 30, 2010

पहिला खुबै मिल्ने नायिका रेखा थापा र नायक विराज भट्टबीच पछिल्लो चरणमा विवाद चर्कंदै गएको छ। उनीहरूबीच विवाद बढ्नुमा 'म के कम ?' भन्ने भावना कारक तत्त्व बनेको छ। विराज आफू केही फिल्मबाट निकालिनुमा रेखा नै दोषी देख्छन् भने रेखाचाहिँ आफूले स्थापित गरेको मान्छेले आफ्नैविरुद्ध कुरा काट्दै हिँडेको र अव्यावसायिक बेहोरा देखाएकाले रुष्ट भएको बताउँछिन्
नायिका रेखाले अर्का नायक निखिल उप्रेतीसँग मनमुटाव भएपछि आफ्नो फिल्म हिम्मतमा विराजलाई नायक लिएकी थिइन्। हिम्मतपछि नै हो विराज नायकका रूपमा जमेका। त्यतिवेला रेखाले विराजको निकै सिफारिस गर्थिन्। तर, विराज यो कुरा भने मान्न तयार छैनन्। उनको भनाइ छ, 'रेखाको सिफारिसले मैले कुनै पनि फिल्म पाएको छैन। बरू मैले सिफारिस गरेर रेखालाई थुप्रै फिल्म दिलाएको छु।' रेखा भन्छिन्, 'कसैले नलिएको मान्छेलाई मैले रि-ब्रेक दिएँ। अहिले उसैका कुरा ठूला ? दुनियाँलाई थाहा छ, मैले विराजलाई कत्तिको सहयोग गरेकी छु भन्ने।'

Mar 29, 2010

रिले मार्च सुरु गर्ने तीन जना स्वदेश फिर्ती अभियानमा लागेका भुटानी शरणार्थीहरुलाई सोमवार मोरङको शनिश्चरे शिबिरवाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिविरवाट रिले मास टु भुटान अभियानमा निस्कने क्रममा सो अभियानका संयोजक वादल थापा, धन वहादुर रुम्दाली र तारा थापालाई त्यहाँ शिविर सुरक्षार्थ स्थापना गरिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रण लिएका शरणार्थी सवै शनिश्चरे शिविरका रहेको स्रोतले जनाएको छ । उनीहरुलाई मार्च रिलेमा निस्कनु अगाडी विहान आठ तीस वजे नियन्त्रणमा लिएको थियो ।रिलेका संयोजक थापाले दुइ दिनअघि नै प्रेस विज्ञप्ति जारी गर्दै रिले मास शुरु गर्ने जनाउनु भएको थियो । अगामी वैशाख १५ र १६ गते भुटानको राजधानी थिम्पुमा हुने १६ औं सार्क सम्मेलनमा भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि भुटान सरकारलाई दवाव दिन सवै देशको ध्यान आर्कषण गर्न रिले मार्चपास शुरु गर्ने लक्ष्य रहेको संयोजक थापाले जानकारी गराउनु भएको छ । सन २००७ मा भुटानी शरणार्थीहरुले लङमार्च शुरु गरेका थिए । सो क्रममा काकडभिट्टा स्थित मेची पुलमा मोरङको शनिश्चरे शिविरका सह वहादुर सिवाको भारतिय सुरक्षाकर्मीले चलाएको गोली लागी ज्यान गएको थियो ।

Mar 26, 2010

अर्काको नामबाट एस एल सी परीक्षा दिइरहेका दुइ शरणार्थी विद्यार्थी पक्राउ परेका छन् । बेलडाँगी ३ शरणार्थी शिविरको त्रिरत्न मा.वि. परीक्षा केन्द्रबाट सागर सुजीको नामबाट परीक्षा दिइरहेका प्रल्हाद सुव्वा र तिलक सुव्वाको नाममा परीक्षा दिइरहेका तारानाथ घिमिरे आज पक्राउ परेका हुन् । अर्काको नाममा परीक्षा दिनेसहित चारै जना विद्यार्थी बेलडाँगी ३ शरणार्थी शिविरका हुन् । यसैविच हिजो शुरु भएको एस एल सी परीक्षामा झापा र मोरङमा रहेका सातै शिविरका गरि १३३० विद्यार्थी सहभागी भएका छन् । एस एल सी परीक्षा दिन फर्म भरेका मध्ये १४ जना पुनर्वासमा तेश्रो मुलुक गएका कारितासले जनाएको छ ।
सन १९९२ देखि शरणार्थी शिविरमा एस एल सी शुरु भएको हो । अहिले सम्म एस एल सी दिएका २१ हजार चार जना भुटानी शरणार्थी विद्यार्थीमध्ये १२ हजार सातसय ४० जनाले पास गरिसकेका छन् ।

Mar 23, 2010

रामचन्द्र अधिकारी, सुरवीर पण्डित र विष्णुभक्त फुँयाललाई पर्दामा नदेखेका नेपाली कला पारखी कमै होलान्। सधैँ दुखियाको भूमिकामा देखिएर पनि सञ्चारमाध्यमको चासोमा नपर्नु यी तीन कलाकारको समानता हो। पहिला कुरा गरौं रामचन्द्रको।

रामचन्द्रले अभिनय गरेका २०० चलचित्रमध्ये धेरैमा पीडितको भूमिकामा छन्। निर्माता/निर्देशकहरू कथामा आपतमा परेको गरिब पात्र आयो कि रामचन्द्रलाई सम्झ्न्छन्। भन्छन्, “एक सयभन्दा बढी त सिरियलमा नै खेले, तर दुःखीको भन्दा अर्को भूमिका दिएनन्।” आफूले गरेको पीडित पात्रको अभिनय बेजोड भएरै दुःखीको भूमिकामा बाँधिएका रामचन्द्रको अहिलेको दुःख चाहिँ के हो भने उनले अरू किसिमका अभिनय गर्न नै सक्तैनन् जस्तो भएको छ, नेपाली चलचित्र उद्योगमा।

तीनदशक लामो अभिनय यात्रामा रहेका रामचन्द्र २०३४/३५ सालतिर पहिलो पटक बौद्ध युवा क्लबले गरेको नाटक देखेर अभिनयमा लोभिएको सम्झ्न्छन्। तर, उनका लागि काम-दाम छाडेर अभिनय गरिहिँड्नु सम्भव थिएन। कारण काठमाडौं, गोठाटारका यिनलाई मजदुरी गर्नुपर्ने बाध्यता थियो। आर्थिक स्थिति नाजुक भएकैले बाल्यकालमा पढ्न पाएनन्। पहिलो पटक काम खोज्दै हेटौंडा झ्रेका उनी मालिकले खाना पनि तौलेर दिएपछि भागेर बनारस पुगे। तर, बर्मा गयो कर्मसँगै नेपाल गयो कपालसँगै भने जस्तो भयो। भन्छन्, “हेटौंडामा भन्दा नराम्रो दुर्गति भएपछि गोठाटारै फर्किएँ।”त्यसपछि तत्कालीन दूरसञ्चार समितिमा पियनको जागिर नपाएको भए उनी कतै हानिन्थे......

Mar 20, 2010

Girija 
aba rahenanविगत लामो समय देखि अस्वस्थ रहनु भएका नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको दुखान्त निधन भएको छ ।उहाँको ८७ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा आज मृत्यु भएको हो । व्रोङकाइटिस र निमोनिया रोगवाट ग्रसित कोइराला लामो समय देखी विरामी हुनुहुन्थ्यो । सन १९२५ मा जन्मनु भएका कोइराला प्रजातन्त्रको आन्दोलनमा दाजु विश्वेश्वर प्रसाद कोइराला संगै सहभागी हुनु भएको थियो । अहिले सम्म चार पटक प्रधानमन्त्री भइसकेका काँग्रेस सभापति कोइराला पहिलो पटक १९९१ देखि १९९४ सम्म प्रधानमन्त्री हुनु भएको थियो ।११४ सिट ल्यायर २०४८ सालको निर्वाचनमा वहुमत प्राप्त पार्टीको नेतृत्व गर्नु भएका कोइारलाले २०५१ सालमा मध्यावधि निर्वाचन गर्न तयार भएपछि पहिलो पटक नेपालमा मनमोहन अधिकारीको नेतृत्वमा एमाले नेतृत्वको अल्पमतको सरकार वन्न पुग्यो । नेपाली राजनीतिका चतुर खेलाडि मानिने कोइरालाको राजनीतिक चलखेलका कारण एमाले नेतृत्वको सरकार ९ महिनामै ढल्न पुगेको थियो ।....

Mar 19, 2010

युरोपमा भएका भुटानी शरणार्थीले जेनेभामा भएको मानवाधिकार परिषदको तेह्रौं बैठकका अवसरमा शरणार्थी समस्याका बारेमा बैठक स्थलबाहिर खवरदारी गरेका छन् । भुटानी एडभोकेसी फोरम युरोपको अगुवाइमा वैठक स्थलबाहिर खवरदारी सभा भएको थियो । हिजो भएका खवरदारीका सहभागिहरुले शरणार्थी फिर्तिका बारे कदम चाल्न र भुटानी नागरिक माथिको हिंसा रोक्न भुटानसँग माग गरेका छन् । आफूहरुमाथिको हिंसाले परिस्थिति थप जटिल हुने पनि उनीहरुले चेतावनी पनि दिएका फोरमका मुख्य संयोजक दुर्गा गिरीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को १३औ महासभा बैठकमा आफ्ना समस्याको विषयमा लविङ गर्न गएको भुटानी शरणार्थीको तीन सदस्यीय टोली जेनेभाबाट फर्केको छ ।यसैबीच भुटान एडभोकेसी फोरम युरोप च्याप्टरको सो टोली दुइ दिने लवी सकेर फर्केको छ । उनीहरुले बैठक अघि त्यहाँ भाग लिन आएका धेरै राष्ट्रका प्रतिनिधिलाइ भेटेर भुटानको वास्तविकता बारे जानकरी दिएका थिए ।भुटानमा हुने गरेको मानव अधिकार हनन र शरणार्थी घर फिर्तीको विषयमा कुरा उठाइएको र राष्ट्र संघीय मानव अधिकार परिषदको जेनेभा कार्यालयमा ज्ञापन पत्र बुझाएको बुझिएको छ ।
सुख्खा यामसँगै शरणार्थी शिविरहरुमा हुनसक्ने आगलागिका घटनाप्रति सजग हुन आग्रह गर्दै गोलधाप र बेलडाँगी एक शिविरमा र्‍याली र सभा गरिएको छ । विहान १० बजेतिर गोलधाप शिविरमा निस्किएको र्‍यालीले सलाई, लाइटर जस्ता आगो निस्किने बस्तु बालवालिकाले नभेट्ने ठाउँमा राख्न र आगोको हिफाजतपूर्ण प्रयोग गर्न आह्वान गर्दै शिविर परिक्रममा गरेको थियो । र्‍यालीपछि भएको सभामा गोलधाप शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव पूर्ण बहादुर गुरुङ, युवा मैत्री केन्द्र गोलधापका संयोजक सागर तिम्सिनालगायतले आगलागिबाट होसियार रहन शरणार्थीलाई आग्रह गर्नुभयो । गोलधाप शिविरमा दुइ बर्षअघि भएको आगलागिमा परेर एकहजार दुइ सय ६५ छाप्रा नष्ट भएका थिए । आज भएको कार्यक्रममा सन् २००८ को मार्च १ तारिकमा भएको आगलागिको घट्नासँग सम्वनिधत वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । वृत्तचित्र युवा मैत्री केन्द्र गोलधापले बनाएको हो । यसैगरि वेलडाँगी १ को युवा मैत्री केन्द्रले पनि आगलागिबाट बच्न आग्रह गर्दै जनचेतनामूलक र्‍याली निकालेको छ । बेलडाँगी एक शरणार्थी शिविरमा गएको माघ महिनामा भएको आगलागिका कारण लगभग एक सय छाप्रा नष्ट भएका थिए ।
यसैबीच भूटानी शरणार्थी शिविरमा असावधानीका कारण आगलागीका घटना बढेको ठहर गर्दै बेलडाँगी शिविरमा चुरोट बेच्न प्रतिबन्ध लगाइने भएको छ ।
दुइ दिन भित्रमा शिविरका पसलहरुबाट चुरोट हटाउन निर्देशन दिईएको शसस्त्र बेस क्याम्प बेलडाँगीका प्रहरी निरीक्षक गुणराज बानियाँले बताउनु भयो ।
संयुक्त राष्ट्र संघको महासभा बैठकमा आफ्ना समस्याको विषयमा लविङ गर्न भुटानी शरणार्थीको चार सदस्यीय टोली जेनेभा पुगेको छ ।
भुटान एडभोकेसी फोरम युरोप च्याप्टरको चार सदस्यीय टोली आज जेनेभा पुगेको हो ।
आज शुरु हुने महासभा बैठकमा शरणार्थी मुद्दा उठाउन त्यहाँ पुगेका फोरमका सदस्य दुर्गा गिरीले भुटानमा हुने गरेको मानव अधिकार हनन र शरणार्थी घर फिर्तीको विषयमा राष्ट्र संघको जेनेभा कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी रहेको बताउनु भयो ।
तीन दिन पहिले भुटानी शरणार्थीको स्वदेश फिर्ती पक्षधर एउटा समूहले पनि राष्ट्र संघको जेनेभा कार्यालयमा आफ्नो मुद्धा अन्तराष्ट्रिय अदालत समक्ष लग्न आग्रह गर्दै अपिल पठाएको थियो ।

Mar 13, 2010

पूर्वी नेपालमा दुइ दशकदेखि शरण लिइरहेका भुटानीलाई बेलायतले पनि पुनर्वासमा लैजाने भएको छ । स्रोतका अनुसार आगामी साता आउने टोलीले शरणार्थीको अन्तरबार्ता लिनेछ । अन्य देशका लागि फारम भरेर अस्वीकृत गरिएका र शिविरमा जनगणनाका वेला छुटेका शरणार्थी वेलायत जानेमा पर्ने सम्भावना बढि रहेको जनाइएको छ ।छुटेकाको जनगणना दुइ साताअघि युएनएचसीआर र सरकारको संयुक्त टोलीले गरेको थियो । राष्ट्रसंघीय नियोगका अनुसार झापा र मोरङका सात शिविरका १ लाख ७ हजार मध्ये ८३ हजारले पुनर्वासको इच्छा राखेका छन् ।

Mar 12, 2010

नेपाल विद्युत प्राधिकरणले आज देखि दैनिक १२ घण्टा लोडसेडिङ गरेको छ जसले गर्दा आजदेखि आधा दिन अध्यारोमा विताउन ग्राहकहरु वाध्य भएका छन ।
यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
प्राधिकरणले आज र्सार्वजनिक गरेको सूचनामा थप एक घण्टा बिना सूचना विद्युत आपूति थप घट हुनसक्ने पनि जनाएको छ ।
भोटेकोशी आयोजनामा प्राविधिक खराबी आएकोले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरण श्रोतले जनाएको छ ।
भोटेकोशी आयोजनाले कम्तिमा १५ दिन विद्युत उत्पादन गर्न नसक्ने बताएको छ।

पुनवासका कारण विद्यार्थी र शिक्षकहरुको संख्या दिनानुदिन घट्न थालेपछि भुटानी शरणार्थी शिविरहरुमा संचालित विद्यालय समायोजन गर्न शुरु गरिएको छ ।
शरणार्थीको शैक्षिक कार्यक्रममा सहयोग गर्दै आएको कारितास नेपालले विद्यालय समायोजन गर्ने प्रकृया शुरु भएको जनाएको हो ।
दमक फिल्ड कार्यालयले आज गरेको पत्रकार

शरणार्थी र स्थानिय युवाबीच गएराति भएको झगडामा दुइ शरणार्थी युबक सिकिस्त भएका छन् । टाउकामा खुकुरीको चोट लागेका बेलडाँगी २ शरणार्थी शिबिर सेक्टर एच एक छाप्रो नम्बर ४३का ३४ बर्षीीय नन्दलाल सुब्बा र सेक्टर एच चार छाप्रो नम्बर ५१का तेजकुमार राईको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको दमक प्रहरीले बताएको छ ।
राति ८ बजेतिर शिबिर छेउको हम्सेदुम्से सामुदायिक बन क्षेत्रभित्र भएको झगडामा ती दुइ शरणार्थी युवालाई खुकुरी हानी भागेको भनिएका दमक ५ का रञ्जित सुब्बा र मिलन सुब्बाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । त्यहाँ शरणार्थी र स्थानिय युवाबीच के बिषयमा भगडा भएको थियो खुलेको छैन ।

Mar 11, 2010

तेस्रो मुलुक पुनर्वासअन्तरगत अमेरीका पुगेका एक जना भुटानी शरणार्थीको रोगको उपचारमा सहयोग गर्नका लागि दाताहरुलाई दवाव दिन उनका दाइले विआरआरआरसीका अध्यक्ष डा. भम्पा राईसमक्ष अनुरोध गरेका छन् भने डा. राईले उक्त अनुरोध पत्रसाथै राखी युएनएचसीआरलाई उनको उपचारमा सहयोग पुर्याउन आग्रह गर्दै एक पत्र लेखेका छन् ।
झापाको वेलडाँगी २ शरणार्थी शिविर, सेक्टर ए ४, छाप्रा नम्वर ३३ बाट अमेरिकाको टेक्सस राज्य अन्तरगत हव्सन पुगेका डिल्लीराम विश्वाको क्यान्सर रोगको उपचारका लागि बेलडाँगी शरणार्थी शिविरमै रहेका उनका दाइ डम्वर बहादुर विश्वले सहयोगको याचना गरेका हुन् ।
भुटानी शरणार्थी नेताहरुले शरणार्थी शिविरको विग्रदो सुरक्षास्थितिप्रति नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । शरणार्थी नेता टेकनाथ रिजाल, बलराम पौडेल, डिपि काफ्ले र लोकनाथ बस्नेत सहितको टोलीले शरणार्थी शिविरमा बढ्दो हत्याका घटनाकाबारे झापाका प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठलाई हिजो भेटेर ध्यान आकर्षण गराएको हो । भेटघाटपछि प्रजिअ श्रेष्ठले शरणार्थी शिविरका समस्या केन्द्रिय स्तरसम्मै पुर्याएर सुरक्षा व्यवस्थामा सुधार ल्याउने र शरणार्थीका मामिलामा सम्वेदनशील भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । वैशाकयता दुइ शरणार्थीको शरणार्थी शिविरमै र एक जनाको शिविरबाहिर हत्या भइसकेको छ । गोलधाप शरणार्थी शिविरमा रहेका अपाङ्ग, अशक्त र मानसिक अवस्था कमजोर भएका बालबालिका र किशोर किशोरीलाई वौद्धिक क्षमताको विकास गर्न सिर्जना कक्षा चलाउन शुरु गरिएको छ । सात महिनाअघि खोलिएको सिर्जना कक्षामा आठ वर्षदेखि १६ बर्ष उमेर समूहका शरणार्थी वालवालिका र किशोर किशोरीलाई परामर्श दिइन्छ । वालवालिकालाई एकअर्कामा खुलेर बोल्न सक्ने, मेलमिलाप बढाउने लगायतका विषयमा परामर्श दिने गरिएको छ । मनोसामाजिक मनोविमर्श संघले खोलेका कक्षाका सहजकर्ता वासुदेव फुयाँल र निलकण्ठ फुयाँल हनुहुन्छ ।नेपालमा राणाशासन विरुद्धको समेत लडाईं लडेका भुटानी योद्धा भरत राई विरामी हुनु भएको छ । भुटानमा हुँदा मलेरिया उन्मुलन विभागको क्षेत्रिय अधिकारीका रुपमा समेत काम गर्नु भएका राई अहिले बेलडाँगी २ शरणार्थी शिविर सेक्टर आई ३ मा बस्नु हुन्छ । ८३ वर्षका राई उच्च रक्तचाप, हातगोडा दुख्ने लगायतका समस्याबाट पिडित हुनुहुन्छ । उहाँका परिबारमा १३ जना सदस्य छन् । वि.सं. २००७ सालअघि नेपाली कंग्रेसले बनाएको मुक्ति सेनामा समेत आवद्ध रहेका पूर्व व्रिटिश सैनिक राई पञ्चायत व्यवस्था आएपछि भारत हुँदै भुटान जानु भएको थियो । भुटानी शरणार्थीमध्ये अधिकाँशको पुस्ता नेपालका विभिन्न जिल्लाबाटै भुटान गएकाले उनीहरुलाई गएकाले उनीहरुलाई नेपाली मूलका भुटानी समेत भनिन्छ । राईका पूर्वज नेपालको भोजपुर जिल्लामा बसोबास गर्थे । उहाँको भुटानको घरचाहिँ सिसुममा थियो ।शरणार्थी युवाको क्षमता विकासका लागि दुइ दिने तालिम भएको छ । बेलडाँगी २ शरणार्थी शिवरमा भएको तालिममा सातै शरणार्थी शिविरका शिविरका प्रतिनिधी सहित स्थानिय युवाहरु समेत गरी २८ युवा सहभागि थिए । गएको आइतवार भएको तालिममा शरणार्थीको शैक्षिक सहायता संस्था कारितासका फादर सेल्विन राज स्रोत व्यक्ति हुनुहुन्थयो । तालिम कारितासले आयोजना गरेको थियो ।

Mar 10, 2010

निर्धारित मितिभित्र संविधान जारी भएन भने के हुन्छ भन्ने प्रश्न अहिले ज्यादै जटिल बनेको छ। नेतृत्व असक्षम भए, उनीहरूले जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्दैछन्, सँगसँगै संविधानसभा पनि जिम्मेवार छैन भन्ने सन्देश गएकाले बौद्धिक वर्गले यस्तो प्रश्न उठाएका हुन्। संविधानसभामा योग्य र उपयुक्त व्यक्ति पुगेनन्, हावा र हचुवा तथा उत्तेजनाको भरमा आक्रोश र कुण्ठालाई पुष्टि गर्ने व्यक्तिहरूको मञ्चका रूपमा संविधानसभा खडा गरियो। ल्याकतभन्दा निम्सरा व्यक्तिहरू त्यहाँ पुगे भन्ने आवाज पनि आएको छ। त्यसैले संविधानसभाका निर्वाचित, समानुपातिक वा मनोनीतमा परेका व्यक्तिहरूप्रति टिप्पणी हुन थाल्यो, संविधानसभामा उनीहरू के गर्दैछन् ? आफूहरू के गर्दैछौं भन्ने कुरा स्वयं उनीहरूलाई थाहा छैन। उनीहरूलाई सिद्धान्तका बारेमा थाहा थिएन, संविभानसभाबारे थाहा थिएन। आफ्नो दायित्व, गरिमा र गौरवबारे थाहा थिएन। अनुभव त यिनीहरूसँग थिएन नै, सँगसँगै यिनीहरू आफ्नो नवीन ऐतिहासिक जिम्मेबारीका बारेमा सचेत र सतर्क भएनन्। यसमा मूलतः उनीहरूको पनि दोष थिएन। नेतृत्वले नै निर्क्यौल र तय गर्नुपर्ने कुरा थियो कि कुन ल्याकत र हैसियतको व्यक्ति संविभानसभामा जानुपर्थ्यो ?संसद्को प्रतिनिधित्वको विषय हुन्थ्यो भने त्यो बेग्लै पाटो थियो, तर यो संविधान निर्माणसाग

Mar 8, 2010

तेश्रो मुलुक पुनर्स्थापनाको कार्यक्रम शुरु भएपछि तेश्रो देश गएकाहरूको मात्र होइन, नेपालकै शिविरहरुमा रहेका पनि अधिकाँश भुटानी शरणार्थीहरुको जीवनस्तर उकालो लागेको छ, यो सत्य हो । शिविरका आसपासमा रहेका दर्जनौं मनि ट्रान्सफरका काउन्टरहरु, अनि हिजो र आजमा शरणार्थीहरुका जीवनशैलीमा देखिएको अन्तरले पनि यो कुरालाई पुष्टि गर्छ । तर त्यहि शिविरमा अझै दिनरात शारीरिक श्रम नगरी खान नपुग्ने पनि छन् । अझ यी वेलडाँगी १, सेक्टर इ ३, छाप्रो नं २१७ कि यी हरिमाया काफ्ले जो आँखा देख्न सक्दिनन्, यिनले गरेको परिश्रम शरणार्थी प्रशिक्षार्थी पत्रकार लोक बहादुर महराले केही समयअघि खिचेको यो भिडियोमा हेर्दा जोकोहीको पनि मन कुँडिन्छ।
अन्तर्राष्ट्रिय महिला दिवस आज सातै भुटानी शरणार्थी शिविरहरूमा विभिन्न कार्यक्रम गरि मनाइयो ।

यस क्रममा भुटानी शरणार्थी शिविर वेलडाँगीका महिलाहरूले महिला अधिकार नै मानव अधिकार हो भन्दै विभिन्न नाराका साथ शिविर परिक्रम गरि महिला मञ्चको खुल्ला प्रांगणमा कोण सभा गरेका थिए ।
नारीका प्रत्यक्ष तथा अप्रत्यक्ष पिडाहरुलाई सम्बोधन गर्ने उद्देश्यले भूटान मिडिया सोसाइटी र भुटानी महिला मञ्चको संयुक्त आयोजनमा (बेलडाँगी १को महिला मञ्चमा) शरणार्थी महिलाहरुको दयनिय अवस्था र दिन प्रतिदिन बढ्दो घरेलु हिंसालाई कसरी रोकथाम गर्न सकिन्छ भने विषयमा अर्न्तकृयात्मक छलफल गरि हरेक समस्याको समाधान खोज्ने प्रयास गरिएको छ ।
एक सय औं अर्न्तराष्ट्रिय श्रमिक महिला दिवसमा समाजका असहाय महिला तथा एकल महिलालाई अगाडि बढाउने उद्देश्य लिएर बेलडाँगी १ का चन्द्रमाया विश्व र दिलमाया राईलाई महिला मञ्चले उपहार दिएको थियो । उपहार लिएपछि दिलमाया र चन्द्रमायाले सहयोगी सस्थाहरु जि एच आर डि, नेदरलेन्डमा पूनरवास भएका भूटानीहरुलाई धन्यवाद दिएका दिए ।
महिला मञ्चका सल्लहकार अमर लिम्बु, भूपु क्याम्प सचिब शनिश्चरे मेनुका नेपाल, रनमाया चापागाई, शिविर सुपरिवेक्षक हर्क ब. राई, यूएनएचसिआरका प्रतिनिधि गंगा सेन, शिविर सचिब टि.बि.गुरुङ्ग आदिले युग परिवर्तन संगसंगै महिलाहरुको अधिकार पनि प्राप्त हुनुपर्छ भन्दै मन्तव्य राखेका दिए..........

Mar 7, 2010

झापाको गोलधापस्थित भुटानी शरणार्थी शिविर यस बर्षको अन्त्य सम्ममा खाली गरिने छ ।स्रोतका अनुसार २००९ को अन्त्यमा सो शिविरका भुटानीहरुलाई स्थान्तरण गरिन लागेको छ । पुनबार्समा शरणार्थीहरु जान थालेपछि शिविरका अधिकाँश छाप्राहरु खाली हुन थालेका छन् । स्रोतका अनुसार गोलधाप शिविरका शरणार्थीहरुलाई अन्य कुनै शिविरमा स्तान्तरण गरिन सकिने बताइएको छ । सो शिविरमा रहेका १० हजार भुटानीहरुमध्ये ४ हजार बढी शरणार्थीहरु पुनर्बास गइसकेका छन् ।
यद्यपी शरणार्थी उच्च आयोग युएनएचसीआरले यस बिषयमा पुष्टि गर्न चाहेन ।
झापा र मोरङ स्थित शिविरका असाय भुटानी शरणार्थी बालवालिकाले कोरेका चित्र लण्डनमा हुने प्रतियोगितामा समावेश हुने भएका छन् ।
आज भुटानी शरणार्थी शिविर बेलडाँगी ३ मा भेला भएका सातै शिविरका असहाय वालवालिकाबीच चित्रकला प्रतियोगिता गराईएको हो । तियोगितामा झापा र मोरङका ४९ जना बालवालिकाले भाग लिएका थिए । कार्यक्रम शरणार्थी युवा प्रोजेक्ट लण्डनको सहयोगमा शरणार्थी बाल मञ्चले आयोजना गरेको हो । सो प्रोजेक्टका प्रतिनिधिद्वय रोजी र रिचर्डको प्रत्यक्ष संलग्नतामा भएको प्रतियोगितामा सातै वटा शिविरबाट उत्कृष्ट ठहरिएका एक एक जना बालवालिकालाइ पुरस्कृत तथा सम्मानित गरिएको थियो । प्रतियोगितामा समावेश भएका कलाकृतिलाइ लण्डनमा प्रदर्शन गरिने बालमन्चका प्रतिनिधि तथा पत्रकार लोकबहादुर महराले जानकारी दिनुभयो ।

Mar 5, 2010

पुनर्वासका कारण शरणार्थी विद्यार्थीको संख्या घट्दै गएपछि शरणार्थी शिविरहरुमा भएकामध्ये थप १२ वटा विद्यालय घटाइने भएको छ । शरणार्थीहरुको प्रतिनिधिहरु र शरणार्थीको शैक्षिक सहायतामा कृयाशिल संस्था कारितासका अधिकारीहरुबीच आज भएको बैठकले यस्तो निर्णय गरेको कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलले जानकारी गराउनु भयो । पुनर्वास शुरु हुनुअघि सन् २००८ को शुरु सम्ममा शरणार्थी शिविरहरुमा ४७ वटा विद्यालय थिए । सन २००९ मा दशवटा विद्यालय घटाइएको थियो । अहिले शरणार्थी शिविरहरुमा आठ माध्यमिक सहित ३७ वटा विद्यालय छन् । शरणार्थीको तेश्रो देश पुनर्वास कार्यक्रम शुरु हुनुअघि पच्चीस हजार दुइ सय रहेको शरणार्थी विद्यार्थीको संख्या अहिले २२ हजारमा झरेको छ।

Mar 4, 2010

भूटानमा रहँदा दुई ऐकर खेत, कयौं गाईवस्तु र आफ्नै नातेदाहरुसँगै रमाउन पाउँदा अन्यन्तै खुसी थिइन् भहमाया राई । भूटानको चाङ्खा जिल्ला अर्न्तर्गत जुरेलिङ गाउँमा श्रीमान् पञ्चमान राई सँग वैवाहिक सम्वन्ध गाँसेपछि त झनै सुखका दिन थिए उनका ।
सन् १९९० मा भूटान भित्र भएको जनआन्दोलनका खबरहरु जुरेलिङ गाउँकी भहुमायाका घर छिमेकमा पनि गाइगुइँ सुनिन थाल्यो । विडम्बनाको कुरा सन् १९९२ मा भूटान सरकारले करिब एक लाख नेपाली भाषी भूटानीहरुलाई भूटानबाट लखेट्ने क्रममा शरणार्थी हुन बाध्य भइन् उनी पनि । भूटानमा रहेको जग्गा जमिन, गाईबस्तु र गुवा बगान छाडेर रित्तो हात आफ्नो श्रीमान पञ्चमान राईसँग नेपाल आउनु भएको भहमाया, झापाको गोल्धाप शरणार्थी शिविरस्थित सेक्टर C/3 छाप्रा नं. २१ मा शरणार्थीको रुपमा बस्नु पर्यो । शिविरमा रहँदा उनका तीन छोरा छोरी भए । कष्टदायक दिनहरु बित्ने क्रममा सन् २००३ सालको तिहार सुरु भयो । सबैतिर झिलिमिली ममबत्ती बाल्न र लक्ष्मी पुज्न थाले, नजिककै छर छिमेकमा देउसी खेल्न थालेको आवाज सुनियो, आफ्ना श्रीमान् पञ्चमान पनि देउसी खेल्न छिमेकी घरतर्फ लागे । भोली बिहान ६:०० बजे उठेर नुवाई धुवाई सकेर आफ्ना शरीरका लुगा धोएर सुकाउन डोरी खोजिन् उनले । तर डोरी भेटिएन । एकै छिनपछि दुइ-तीन जना स्थानीय युवाहरुले ‘ए बोजु, तपाईको श्रीमान् पारी जंगलमा झुण्डिएर ….. ‘ यो खबर सुनेपछि मुर्छा परेकी उनका दिनहरु अब झनै पीडाहरु हुन थाले । घरमा स-साना छोराछोरीसहित कमाउने श्रीमान् पञ्चमानको पनि निधन भएपछि अत्यन्तै दुःखका दिनहरु बिताउने क्रममा फेरि अर्को पीडा सन् २००८ को असोज महिनामा थपियो । बेलुका आफू नजिकैको बेडमा सुतेको जेष्ठो छोरो हर्के, बिहान घरैभित्र घाँटीमा डोरी लगाई हत्या भएको देखेपछि झनै ठूलो चोट पर्यो उनलाई । शरणार्थी शिविरको बसाई, त्यसमा पनि श्रीमान् पञ्चमान र आशाका केन्द्र जेठा छोरा हर्कबहादुरको पनि मृत्यु भएपछि अर्की छोरी नाङ्फुङमाले पनि सानै उमेरमा विवाह गरिन् जस्ले गर्दा उनलाई अविश्मरणीय पीडा थपियो । हुन त उनले गोल्धाप शिविरकै सेक्टर C/3 छाप्रा नं. ४५ मा बस्ने हर्कबहादुर राईसँग विवाह पुनः गरिन् । हर्कबहादुरकी भहमाया कान्छी श्रीमती र उनका हर्कबहादुर पनि कान्छा श्रीमान्, यी दुइ दम्पतीबाट एउटा छोरा निसन राईको जन्म भएको छ । श्रीमान् हर्कबहादुर बेला-बेला मात्र आफ्नो घरमा आउने र त्यसमा पनि मदिरा सेवन गरेर आउने गरेकाले उनलाई सुख र शान्तिका दिनहरु सपनामा मात्र सीमित छन् । घरमा सुत्ने, खाने र लाउने पनि राम्रो व्यवस्था छैन ।शिविर बाहिर परिश्रम गरी पैसा कमाउन जान्छिन् उनी । अहिले त उनी पनि काम गर्न नसक्ने भएकी छिन् । उनको स्वास्थ्य अवस्था खस्किएको छ । घरमा अहिले एक छोरी धनमाया र निसन राई छन् । धनमाया अपाङ्गी हुन र निसन एक वर्षा मात्र छन् । यो अवस्थामा उनको आगामी दिनहरु कसरी बिताउने र छोरा छोरीको भविष्य कसरी सवल बनाउने भन्नेमा चिन्तित छिन् । तेस्रो मुलक पुनर्वासका बारेमा पनि राम्रो वा नराम्रो केही थाहा छैन उनलाई ।दातृ संस्था कारितास नेपाल र वाई.एफ.सी. गोल्धापले आफूलाई केही राहतहरु उपलब्ध गराएको बताउँछिन् भहमाया । समयमै सबै संघ संस्थाहरुले उनको जीवन अवस्थाबारे ध्यान नदिए भमायाको मानसिक सन्तुलनमा नराम्रो प्रभाव पर्नुका साथै सुख र शान्तिका क्षणहरु सपनामा पनि देख्न नपाउने विश्लेषण गर्छन्
शरणार्थी बुद्धिजिवीहरु ।
-तिलक निरौला
(प्रतितबाट साभार)
शरणार्थी शिविर गोलधापमा यतिवेला चहलपहल घटेको छ । भुटानी शरणार्थी तेश्रोमुलुक पुनर्वास प्रकृया शुरु भएपछि चहलपहल घटेको हो । केही समयअघि नौ हजार छ सय ५६ जना शरणार्थी रहेको सो शिविरबाट गत महिनाको अन्त्यसम्ममा तीन हजार छ सय १७ जना तेश्रो मुलुक गइसकेका छन् । शिविरमा रहेका १५ सय छाप्रा घटेर अहिले ११ सयमा सीमित बनेको छ ।खाली छाप्रा भत्काएपछि त्यहाँ पुनर्वास नगएका शरणार्थीले सागसव्जी लगाउने गरेका छन् । गोलधापमा रहेका १५ सय छाप्रामध्ये करिव १५० छाप्रा मात्र स्वदेश फिर्ती पक्षधरका रहेको शिविर सचिव पूर्ण बहादुर गुरुङले बताए । उनी भन्छन् “अव छिट्टै गोलधाप शिविर खाली हुन्छ ।” पुनर्वास प्रकृया शुरु भएपछि शिविरमा लागू पदार्थ सेवन गर्नेको समस्या बढेको छ । सँगैको साथी पुनर्वास जाने भएपछि पार्टीको रुपमा मदिरा र लागू पदार्थ सेवन गर्नेको संख्या बढेको उनले बताए । पुनर्वासले शैक्षिक क्षेत्रमा समेत ठूलो समस्या खडा गरेको उनको भनाइ छ । “दुइ-तीन महिनामा शिक्षक फेरिन्छन्, नयाँ शिक्षकसँग घुलमिल हुन र पढाएको बुझ्न विद्यार्थीलाई समय लाग्छ”, उनले भने । पुनर्वासमा जान फर्म भरेपछि विद्यार्थी विद्यालय जान छाड्ने गरेका छन् ।नेपालीसँग विवाह गर्ने शरणार्थीहरुलाई पुनर्वास जान अप्ठ्यारो परेको छ । गोलधापमा नेपाली केटी विवाह गर्नेको संख्या ५० जनाको हाराहारीमा रहेको शिवलाल निरौला बताउँछन् । उनी भन्छन् “उनीहरुले छोडपत्र नगरि जान पाउँदैनन् ।” पुनर्वास प्रकृया शुरु भएपछि तेश्रो देश पुनर्वास र स्वदेश फिर्ती पक्षधर परिवारविच पनि छोडपत्र हुन थालेको छ । गोलधाप शिविरकी धनमाया बरालले आफ्नो श्रीमान् पुनर्वासमा नजाने भएपछि छोडपत्र गरेर १५ दिन अघि अमेरिका उडेको निरौलाले बताए । गोलधापकै सेक्टर डी, छाप्रो नं. ९३ की मनमाया बास्तोलालाई आफ्ना श्रीमान् कहाँ छन् भन्ने थाहा छैन । एक बर्षअघि हिँडेका उनका श्रीमान् घर फर्केका छैनन् तर उनले श्रीमान्सँग छोडपत्र गरेकी छन् । आइओएमले छोडपत्र गर्नु पर्छ भनेपछि आफूले छोडपत्र गरेको उनले बताइन् । “चार छोरा एक छोरीसहित आइओएममा कागज दिएको छु, श्रीमान्को भरमा बस्दा अलपत्र परिन्छ भन्ने डरले त्यस्तो गरेकी हुँ”, उनले भनिन् ।
आगो निभाउन गएको दमक नगरपालिकाको दमकलमाथि भुटानी शरणार्थीहरुको एक समूहले ढुंगा प्रहार गरेको छ । बुधबार राति ८ बजे बेलडाँगी - १ पछाडिको खरबारीमा सल्किएको आगो निभाउन जाने क्रममा शरणार्थीहले दमकलमाथि ढुंगा प्रहार गर्दा दुइ जना अग्नि नियन्त्रक सामान्य घाइते समेत भएका छन् । दमकलका चालक तथा अग्नि नियन्त्रक रेवत लामिछानेका अनुसार शरणार्थीहरुले प्रहार गरेको ढुंगा आगो निभाउन खटिएका कर्मचारीद्वय गोपाल घिमिरे र पदम बहादुर कार्कीलाई लागेको थियो ।“हामी दमकल लिएर जाँदा बारम्वार आक्रमण हुन्छ, किन हो ?” लामिछानेले भने । घटनास्थलमा प्रहरी भएपनि तत्काल आगो निभाउनतिर नै ध्यानकेन्द्रीत भएको र आक्रमणकारीहरुको समूह पनि ठूलो भएकोले उनीहरुमाथि केही गर्न नसकेको उनले बताए ।
“त्यस क्षेत्रमा आगो नियन्त्रण गर्न जाने दमकलकै सुरक्षा नभएपछि कसरी आगो निभाउन जाने ?” लामिछानेको गुनासो थियो ।
त्यहाँ मलखाडीमा थुप्रिएको फोहोर जलाउन लगाइएको आगो खरबारीमा सल्किएपछि तत्कालै नियन्त्रणमा लिइएकोले थप क्षति हुन पाएन ।

Mar 1, 2010