काठमाडौ, वैशाख ८ -
निर्देशक मणी रत्नमको पछिल्लो फिल्म 'रावण' का रावण बनेका अभिषेकले सीता
बनेकी ऐश्वर्याको अपहरण गरेका छन् । तर, यो अपहरण फिल्मको दृश्यका लागि नभई
तेस्रो 'म्यारिज एनिभर्सरी' मनाउन गरेका हुन् ।रत्नमको फिल्म 'गुरु' मा सँगै काम गरेलगत्तै अनस्क्रिन पार्टनरबाट रियल लाइफ पार्टनर बनेका अभि-ऐशले २००७ को अपि्रलमा विवाह गरेका थिए । तीन वर्षे वैवाहिक जीवनको खुशियाली मनाउन नायक अभिशेकले पूर्वविश्व सुन्दरी पत्नी ऐश्वर्यालाई अमेरिका लगेका हुन् ।
'म पत्नी अपहरण गर्न सफल भएँ,' ट्वीटरमा लेख्दै अभिषेकले फ्यानलाई भनेका छन्, 'सबैलाई केही दिनपछि भेटौंला ।' एनिभर्सरी मनाउन अभि-ऐश अमेरिकाको न्युयोर्क जान प्लेन पक्रेको बुबा अमिताभ बच्चनले आइतबार ब्लगमा लेखेका थिए ।
यो जोडी 'रावण' को म्युजिक रिलिजका लागि शनिबारै भारत फर्किने छ । फिल्मको पहिलो प्रोमो र पोस्टर दुई दिनअघि रिलिज भएको थियो ।
RSS Feed
Twitter
2:43 PM
Achyut Sanjel


