May 7, 2010

झापा, वैशाख २४ - भूटानी शरणार्थीको वेलडागी-१ स्थित सेक्टर- १ शिविरमा आगलागी हुँदा शुक्रबार ३५ घर जलेर नष्ट भएको छ । त्यसैगरी आगो नियन्त्रण गर्ने क्रममा थप ३५ घर भत्काइएको छ । साँझ साँढे ६ बजे सुरु भएको आगलागी नियन्त्रणका लागि दमक नगरपालिकाको दमकल, सशस्त्र प्रहरी बल, शरणार्थी र स्थानीयबासी मिलेर  आगोलाई नियन्त्रणमा लिने कोशिस गरिरहेका छन्...
काठमाडौ, वैशाख २४ - निर्देशक मदन घिमिरे आफू निर्देशित फिल्म 'दोस्ती' को मोफसलमा प्रमोसन गरेर भर्खरै फर्केका थिए र उनले तत्काल 'स्वाभिमान' फिल्मको सुटिङमा व्यस्त हुनुपथ्र्यो । तर बिहीबार उनी साथीभाइसितको जमघटमा थिए, घरभन्दा बाहिर । 'बन्दले पार्नु मार पार्‍यो नि' उनले भने, 'चलिरहेको फिल्म रोकियो, नयाँ योजनाहरू स्थगित भए ।' माओवादीले आमहडताल सुरु गर्नुभन्दा अघिल्लिो दिन उनी आफ्नै निर्देशन रहेको ...